सन्दिप महँगो मूल्यमा लगातार तेश्रो सिजन सिपिएल टि-२० खेल्न छनौट

स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछाने महँगो मूल्यमा करेबियन प्रिमियर लिगको आठौँ संस्करण खेल्न छनौट भएका छन्।

अनलाइन मार्फत दुइ साता अघि सम्पन्न ड्राफ्टमा २३ देशका ५ सय ३७ खेलाडीहरु सहभागी रहेका थिए। ड्राफ्टको नतिजा सोमबार बेलुका आयोजकले सार्वजनिक गरेको हो।

सन्दिपलाई जमैका तल्लावाज आफ्नो टिममा लिएको छ। सन्दिपले ड्राफ्टमा आफ्नो मूल्य ९० हजार डलर राखेका थिए। अर्थात सन्दिपले नेपाली रुपैयाँ १ करोड ७ लाख ४६ हजार पाउनेछन्। यो सन्दिपले विदेशी लिग खेल्दा पाएको घोषित मध्ये दोश्रो धेरै रकम हो। यस अघि इंग्ल्याण्डको ‘द हन्ड्रेड’ प्रतियोगितामा छनौट हुँदा सन्दिपले १ लाख पाउण्ड ( करिब डेढ करोड रुपैयाँ ) पाएका थिए। द हन्ड्रेड प्रतियोगिता कोभीड-१९ का कारण आयोजना हुन पाएको छैन।

सन्दिपले यस अघि सिपिएल टि-२० को दुइ वटा संस्करण सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स तथा बार्बेडोस ट्राइडेन्टबाट खेलेका थिए। सेन्ट किट्सको लागि खेल्दा ५ हजार डलर पाएका सन्दिपले त्यसपछि बार्बेडोसको लागि खेल्दा ७० हजार डलर पाएका थिए।

करेबियन प्रिमियर लिगमा बार्बेडोस ट्राइडेन्ट, गुएना एमेजन वारियर्स, जमैका तल्लावाज , सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स, सेन्ट लुसिया जुक्स र ट्रिनबागो नाइट राइडर्स गरि ६ वटा टिम सहभागी छन्। गत सिजनको उपाधि बार्बेडोस ट्राइडेन्टले गुएनालाई फाइनलमा पराजित गर्दै जितेको थियो।

तेश्रो सिजन सिपिएल टि-२० खेल्न छनौट भएपछि सन्दिपको प्रतिक्रिया 

“नयाँ टिम हो मेरो लागि। तिन वर्ष सीपीएलमा तिन वटा छुट्टै टिमको लागि खेले। म सबै टिमहरु प्रति धन्य छु। पहिले सेन्ट किट्स त्यसपछि बार्बेडोस र अहिले जमैकाको लागि लागि खेल्नु मेरो लागि ठुलो कुरा थियो।”

“धेरै समय भयो क्रिकेट खेल्न नपाएको त्यसैले पनि निकै उत्साहित छु मैदानमा फर्कन। क्रिकेट नखेलेको धेरै भयो र अहिले नेटमा आफ्नो लयमा पनि फर्किएको छु।”

“मेरो लागि टिमको नतिजा पहिलो स्थानमा रहन्छ। पहिलो सिजन सेन्ट किट्स र त्यसपछि बार्बेडोसको लागि खेलेर योगदान दिन पाउदा म खुसि छु। गत वर्ष बार्बेडोस विजेता भएको थियो जुन बेला मैले टिममा धेरै कुरा देखेको थिए। जित्ने उत्साह र भोक सबै खेलाडीहरुमा थियो। ठुलो खेलाडीहरुसंग खेल्दा र आफ्नो प्रदर्शन हेर्दा खुसि लाग्छ। मलाई कहिले लाग्छ मैले २० विकेट लिएको भए हुन्थ्यो। क्रिकेट फेरी फर्किदैछ त्यसैले मैदान फर्कन निकै उत्साहित छु।”


सन्दिपको टिममा को-को छन् 

सन्दिपको टिममा आन्द्रे रसेल, कार्लोस ब्राथवेट, चाडविक विल्टन, आसिफ अलि, ओशेन थोमस, फिडेल एडवर्ड्स जस्ता खेलाडीहरु रहेका छन्।

सन्दिपको सीपीएल टि-२० मा हालसम्मको प्रदर्शन

प्रतियोगिताको अघिल्लो संस्करणमा बार्बेडोस ट्राइडेन्टको प्रतिनिधित्व गरेका सन्दिपले मात्र ६ खेल खेल्न पाएका थिए जुन क्रममा कुल ८ विकेट लिएका थिए। ६ खेल खेलेपछि सन्दिप नेपालको लागि त्रिकोणात्मक टि-२० सिरिज खेल्न सिंगापुर पुगेका थिए।

सन्दिपले करेबियन प्रिमियर लिगको पहिलो सिजन २०१८ मा खेलेका थिए जुन क्रममा सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सको लागि ५ खेल खेल्दै ७ विकेट लिएका थिए। उक्त सिजन पनि सन्दिपले लिग बीचमै छोड्नु परेको थियो र एसिया कप छनौट खेल्न लिग छोडेर मलेसिया जानु परेको थियो।

कुल ११ खेल खेल्दा सीपीएलमा सन्दिपले १५ विकेट लिएका छन्।

सन्दिपले खेलेका विदेशी टि-२० लिगहरु :-

१. हंगकंग टि-२० ब्लिटज २. इन्डियन प्रिमियर लिग ( आईपीएल ) ३. ग्लोबल टि-२० क्यानडा ४. करेबियन प्रिमियर लिग ५. बिग ब्यास ६. टि-१० लिग ७. अफगानिस्तान प्रिमियर लिग ८. बंगलादेश प्रिमियर लिग ९. पाकिस्तान सुपर लिग

सम्बन्धितसिपिएल टि-२० खेल्न छनौट भएपछि सन्दिपले के भने

यो पनि पढ्नुस :





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]