सन्दिपले इंग्ल्यान्डको भाईटालिटि ब्लास्ट टि-२० खेल्ने

नेपाली स्टार लेग स्पिनर सन्दिप लामिछानेले इंग्ल्यान्डको घरेलु टि-२० प्रतियोगिता भाईटालिटि ब्लास्ट प्रतियोगिता खेल्ने भएका छन्।

सन्दिपलाई वर्सेस्टरशायर र्यापिडले २०२१ सिजनको लागि टिममा अनुवन्ध गरेको हो। सन्दिपलाई कति रकममा टिममा समाबेश गरिएको हो खुलाइएको छैन।

भाईटालिटि ब्लास्ट टि-२० लिग यो वर्ष जुन ९ देखि १८ सेप्टेम्बरसम्म खेलिनेछ। सन्दिप सहित अस्ट्रेलियाका देब्रे हाते पेसर बेन ड्वारशुइसलाई पनि टिमले विदेशी खेलाडीको रुपमा अनुवन्ध गरेको छ।

सन्दिप पुरा सिजन वर्सेस्टायर र्यापिड क्लबको लागि उपलब्ध हुनेछन्।


सन्दिपलाई टिममा आवद्ध गरेपछि  वर्सेस्टरशायर र्यापिडका मुख्य प्रशिक्षक एलेक्स गिडम्यानले टिममा नेपाली स्पिनरको आगमनले टिमलाई सन्तुलित बनाउने विश्वास व्यक्त गरेका छन्।

“सन्दिपले धेरै फ़्रेन्चाइज् क्रिकेट खेलीसकेका छन् र उनले धेरै अनुभव संगालेका छन्।”

“उनि लेग स्पिनर हुन् जुन थोरै मुस्किल स्पिन पनि हो , हामीलाई विश्वास छ उनको हाम्रो टिममा सन्तुलन ल्याउन आवस्यकता छ, त्यसैले हामि उनि टिममा आवद्ध हुँदा हर्षित छौँ।”

“सन्दिपको इंग्ल्यान्डमा खेल्न लागेको यो पहिलो अवसर हो , मलाई विश्वास छ उनले राम्रो गर्नेछन् र यो समरमा हामिसंग राम्रो गर्नेछन्।”

भाईटालिटि ब्लास्ट लिगमा कुल १८ टोलिको सहभागिता रहेको छ जसलाई नर्थ र साउथ दुईवटा समुहमा बिभाजन गरेर लिग खेलिने गरिन्छ। सन्दिपको टिम वर्सेस्टरशायरले पहिलो खेल ९ जुन तारिखमा खेल्ने तालिका रहेको छ।

भाईटालिटि ब्लास्ट टिममा मोईन अलि, बेन कक्स, अल्जारी जोसेफ जस्ता खेलाडीहरु रहेका छन्।

वर्सेस्टरशायर इंग्ल्यान्डको काउन्टि क्रिकेट क्लब हो जसको स्थापना सन् १८६५ मा भएको थियो। २०१८ मा वर्सेस्टरशायरले भाईटालिटि ब्लास्ट टि-२० को उपाधि जितेको थियो। गत सिजन भाईटालिटि ब्लास्टमा वर्सेस्टरशायरको प्रदर्शन निकै खराब रहेको थियो जसले १० खेलमा मात्र २ जित दर्ता गर्न सकेको थियो।

वर्सेस्टरशायर र्यापिड टिम : जोए लिच, मोइन अलि, ब्रेट डी’ओलिभर, बेन ड्वारशुइस, एड बर्नार्ड, टम फेल, प्याट ब्राउन, एडम फिन्च, ज्याक हेनेस, बेन कक्स, जोश डेल, अल्जारी जोसेफ, जेक लिबि, एलेक्स मिल्टन, डेरेल मिचेल, चार्ल्स मोरिस, गरेथ रोडरिक, मिचेल स्टानले, रोस व्हाइटलि, डिल्लोन पेनिंग, जोश टंग, रिकी वेसेल्स

सन्दिप लामिछानेले अन्तिम पटक विदेशी टि-२० लिग जनवरीमा अस्ट्रेलियाको बिग ब्यास लिग खेलेका थिए। पाकिस्तान सुपर लिग खेल्न पाकिस्तान पुगेता पनि प्रतियोगिता कोरोनाका कारण स्थगित हुँदा सन्दिप घर फर्कनु परेको थियो। त्यसपछि उनले गत महिना काठमाडौँ मेयर्स कपमा काठमाडौँ मेयर्स-११ टिमको कप्तानी गरेका थिए।

सम्बन्धित 

https://wicketnepal.com/psl-sthagit-sandip-farkane-wn21/

https://wicketnepal.com/gambhir-on-sandeep-ipl-mini-auc-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy