सन्दीप दुबई प्रस्थान

२०७९ फाल्गुन १७, बुधबार १६:४४

आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न सन्दीप लामिछाने संयुक्त अरब इमिरेट्सको दुबई गएका छन् । उनले अब नेपाली टिममा श्याम ढकाल (मौसम) को ठाउँ लिने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

सर्वोच्च अदालतले विदेश जान अनुमति लिनुनपर्ने आदेश दिएपछि क्यानले उनलाई युएई पठाउने तयारी सुरु गरेको थियो । उनी बुधबार दिउँसो ३ बजे युएई गएका हुन् ।

क्यानले अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको बताएको छ । नेपालले युएई सिरिजको दोस्रो खेल बिहीबार घरेलु टोली युएईसँग खेल्नेछ ।

नेपाल क्रिकेट सङ्घ( क्यान ) का कार्याबाहक सचिव दुर्गाराज पाठकले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले स्वीकृति दिएपछि सन्दीप दुबई गएको बताए । टिम व्यवस्थापनले चाहेमा उनले बिहीबार युएईविरुद्धकै खेल खेल्न पाउने उनको भनाइ छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy