आईपीएल खेल्न युएई पुग्दै सन्दिप, पहिलो खेल खेल्ने सम्भावना कम

सेप्टेम्बर १९ देखि सुरु हुने इन्डियन प्रिमियर लिग ( आईपीएल ) को १३ औं संस्करण खेल्न नेपाली लेग स्पिनर सन्दिप लामिछाने आइतबार युएई पुग्दैछन्। करेबियन प्रिमियर लिग टि-२० मा सहभागिता जनाएपछि सन्दिप सेप्टेम्बर ११ मा युएई प्रस्थान गरेका थिए।

आईपीएलमा दिल्ली क्यापीटल्सको लगातार तेश्रो सिजन प्रतिनिधित्व गर्न लागेका सन्दिपले युएई पुगेपछि ६ दिन अनिवार्य क्वारेन्टाइनमा बिताउनेछन्। त्यस क्रममा सन्दिपको २ पटक कोभिड-१९ टेस्ट हुनेछ। दुवै टेस्टको रिपोर्ट नेगेटिभ आएको खण्डमा त्यसपछि सन्दिपले टिमसंग जोडिने मौका पाउनेछन्।

लिग अन्तर्गत दिल्लीले आफ्नो पहिलो खेल किंग्स-११ पन्जाब बिरुद्ध सेप्टेम्बर २० तारिखमा खेल्नेछ। सन्दिप सेप्टेम्बर १९ तारिखसम्म क्वारेन्टाइनमा बस्नु पर्ने हुँदा पन्जाब बिरुद्धको पहिलो खेल गुमाउने निश्चित जस्तो छ। दिल्लीको दोश्रो खेल सेप्टेम्बर २५ मा चेन्नाई सुपर किंग्स बिरुद्ध रहेको छ जुन खेलमा भने सन्दिप उपलब्ध हुनेछन्।

अन्तिम-११ मा मौका पाउलान सन्दिपले ? 

श्रेयस ऐयर कप्तानीको दिल्ली टिममा यो पटक विदेशी खेलाडीहरु सन्दिपसंगै, शिमरन हेटमायर, मार्कस स्टोइनिस, किमो पौल, एलेक्स केरी, कागीसो रबाडा, ड्यानियल स्याम्स, एनरिक नोर्किया गरि ८ जना रहेका छन्। लिगमा अन्तिम-११ मा मात्र ४ जना खेलाडीहरु मात्र समाबेश गर्न पाउने नियम रहेको छ। यो अवस्थामा सन्दिपले अन्तिम-११ मा स्थान बनाउन सक्लान या नसक्लान धेरैको प्रतीक्षाको विषय रहेको छ। सन्दिपले आईपीएलको पहिलो सिजन ३ खेलमा मौका पाउदा ५ विकेट तथा दोश्रो सिजन ६ खेलमा मौका पाउदा ८ विकेट लिएका थिए।

सन्दिपले आईपीएलको पहिलो सिजन ३ खेलमा मौका पाउदा ५ विकेट तथा दोश्रो सिजन ६ खेलमा मौका पाउदा ८ विकेट लिएका थिए।

दिल्लीमा स्टार भारतीय स्पिनर रभीचन्द्रन आश्विन,अमित मिश्रा, अक्षर पटेलको उपस्थिति रहेको छ। युएईको पिच सुस्त र स्पिनरहरुलाई मद्दत गर्ने हुँदा यो पटक सन्दिपले धेरै खेलमा मौका पाउने सम्भावना रहेको छ। सिपिएल टि-२० मा राम्रो लयमा रहेको तथा भर्खरै प्रतियोगिता खेलेर आएकोले पनि सन्दिपले मौका पाउने सम्भावना प्रवल छ।

सिपिएल टि-२० मा जमैकाको प्रतिनिधित्व गर्ने क्रममा १० खेलमा १२ विकेट लिएका सन्दिपले निरन्तर राम्रो बलिंग गरेका थिए। १ खेल बाहेक सन्दिपले बलिंग गरेको सबै खेलमा विकेट लिएका थिए भने प्रतियोगितामा मात्र ५.१० प्रतिओभर रन खर्चिएका थिए। यस क्रममा सन्दिपले गायना बिरुद्धको खेलमा ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिएका थिए जुन सन्दिपको विदेशी लिग करियरकै किफायती बलिंग स्पेल हो।  सन्दिपको यो लय पक्कै पनि दिल्ली प्रशिक्षक रिकी पोन्टिङले नियालेका छन्।

स्पिन मद्दत गर्ने पिचमा आश्विन अन्तिम-११ मा स्थायी रहनेछन्। लेग स्पिनरको रुपमा टिममा अमित मिश्रा र सन्दिप लामिछाने मात्रै रहेका छन्। गत सिजन दिल्लीले सन्दिप र मिश्रा दुवैलाई अन्तिम-११ मा मौका दिएको थियो। यो पटक पिचले पनि साथ दिने हुँदा अन्तिम-११ मा दिल्लीले आश्विन पछि थप २ जना स्पिनर लिएर खेल्ने सम्भावना प्रवल छ। यो अवस्थामा मिश्रा, सन्दिप र बायाँ हाते स्पिनर अक्षर पटेल मध्ये २ जनाले अन्तिम-११ मा मौका पाउने सम्भवा रहन्छ।

३८ वर्षीय मिश्राको फिटनेस तथा खेल अभ्यासको कमिका कारण सन्दिपको सम्भावना यो पटक बढी रहन्छ। मिश्राले घरेलु क्रिकेटमा पनि गत वर्ष सयद मुस्ताक अलि ट्रफीमा विकेट निकाल्न संघर्ष गरेका थिए। उनले हरियाणाको प्रतिनिधित्व गर्ने क्रममा १२ खेलमा मात्र ६ विकेट लिन सकेका थिए।

दिल्लीमा सन्दिप पछि अर्का लेग स्पिनर अमित मिश्रा रहेका छन्

विदेशी खेलाडीको रुपमा अन्तिम-११ मा अल-राउण्डर मार्कस स्टोइनिश तथा फास्ट बलरद्वय कागीसो रबाडा र किमो पौलले मौका पाउने सम्भावना छ। गत सिजन बिग ब्यासमा सर्वाधिक विकेट लिएका राम्रा डेथ ओभर बलर ड्यानियल स्याम्स पनि अन्तिम-११ को दाबेदार हुन्। सन्दिपले मौका पाउन विदेशी तिब्र गति बलरले कम मौका पाउनु पर्छ र युएईको पिचको स्वभावका कारण त्यसको सम्भावना पनि छ।

सिपिएल टि-२० मा राम्रो लय, युएईको स्पिन मद्दत गर्ने पिच तथा अमित मिश्राको पछिल्लो फर्म र फिटनेसको कारण सन्दिपले यो पटक अन्तिम-११ मा बढी मौका पाउन सक्नेछन्।

दिल्ली टिम :-श्रेयस ऐयर, पृथ्वी शा, रिशभ पन्त, शिखर धवन, अक्षर पटेल, कीमो पल, अमित मिश्रा, आवेश खान, हर्शल पटेल, इशान्त शर्मा, कागिसो रबाडा, सन्दिप लामिछाने, रभीचन्द्रन अश्विन, अजिंके रहाने, ड्यानियल स्याम्स , एलेक्स केरी, शिमरन हेटमायर, एनरिक नोर्किया, मार्कस स्टोइनिस, मोहित शर्मा, ललित यादव र तुषार देशपान्डे।

यो पनि पढ्नुस :-

विदेशी लिगमा सन्दिपको १० व्यक्तिगत कीर्तिमान

IPL : एक सिजनमा सर्वाधिक रन बनाउने ५ खेलाडी

IPL 2020 : कस्तो छ धोनीको टिम चेन्नाई सुपर किंग्स

क्यानले वितरण गर्यो खेलाडीहरुको २०१९ को तलब, कसले कति रकम पाए





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]