आईसीसी नयाँ ओडीआई वरियतामा सन्दिपको फड्को

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले जारि गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले पुनः फड्को मारेका छन्।

एक साता अघि जारि गरेको वरियतामा पहिलो पटक शिर्ष सय स्थानमा अटाएका थिए। नयाँ वरियतामा सन्दिप ९१ औं स्थानबाट १२ स्थान उक्लंदै ७९ औं स्थानमा पुगेका छन्। सन्दिप एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा शिर्ष एकसय भित्र पर्ने पहिलो नेपाली खेलाडी हुन्।

वरियतामा सन्दिपसंगै ७९ औं स्थानमा बंगलादेशका फास्ट बलर रुबेल हुसेन रहेका छन्। नेपाली स्पिनरले भारतका हार्दिक पान्ड्यालाई समेत पछि पारेका छन् जो ८२ औं स्थानमा रहेका छन्। यस्तै सन्दिपले अस्ट्रेलियाका मिचेल मार्श(८४ ), मार्कस स्टोइनिस(८६), ओमानका जिशान मक्सुद(८६) र बिलाल खान(९०), न्युजिल्यान्डका कायल जेमीसन(९७), वेस्टइन्डिजका ओशेन थोमसलाई(९६) पछि पारेका छन्।

वरियताको शिर्ष एक सय भित्र ब्याटिंग र बलिंगतर्फ अन्य नेपाली खेलाडीले भने स्थान बनाउन सकेका छैनन्। २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न सुरु गरेको नेपाली टिमका कुनै पनि खेलाडी हालसम्म वरियताको शिर्ष १०० भित्र पर्न सकेका थिएनन्।

ओमान भ्रमणमा जानु अघि वरियताको १२८ औं स्थानमा रहेका सन्दिपले पपुवा न्यु गिनीसंग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रियमा क्रमशः ४ र ६ गरि १० विकेट लिएका थिए। त्यसपछि ओमान र अमेरिकासंगको त्रिकोणात्मक सिरिजको ३ खेलमा उनले ८ विकेट लिए। पहिलो खेलमा अमेरिकासंग २ विकेट लिएका उनले दोश्रो खेलमा पेटको समस्याका कारण बलिंग गर्न सकेका थिएनन्। त्यसपछि तेश्रो खेलमा अमेरिकासंग २ विकेट लिएका उनले ओमानसंग चौंथो खेलमा ४ विकेट लिएका थिए।

वर्ष २०२१ मा एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने सूचीमा सन्दिप तेश्रो स्थानमा रहेका छन्। उनले यो वर्ष ६ खेल खेल्दा ५ इनिंग्समा बलिंग गर्दै १८ विकेट लिईसकेका छन्। उनि भन्दा अघि श्रीलंकाका दुश्मन्था चमिरा ( २० ) र आयरल्याण्डका सिमि सिंह ( १९ ) मात्र अघि रहेका छन्। बंगलादेशका पेसर मुस्तफिजुर रहमानले पनि सन्दिपको समान १८ विकेट लिएका छन्।

सन्दिप नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय र टि-ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक विकेटकर्ता हुन्। उनले एकदिवसीय अन्तर्राष्ट्रियमा १६ खेलमा १५ इनिंग्समा बलिंग गर्दै ४१ विकेट तथा टि-ट्वान्टी अन्तर्राष्ट्रियमा २५ खेलमा ४७ विकेट लिईसकेका छन्। टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा सन्दिप ८२ औं स्थानमा छन्।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]