अन्ततः अमेरिकाले दियो सन्दिपलाई भिसा, दुतावासलाई सन्दिपको धन्यवाद

Sandeep Lamichhane

चर्को दबाब पछि नेपाली राष्ट्रिय टिमका चर्चित खेलाडी सन्दिप लामिछानेलेलाई अमेरिकाले भिसा दिने भएको छ।

सेप्टेम्बर पहिलो साता आयोजना हुने क्यारेबियन प्रिमियर लिग खेल्न जान सन्दिपले अमेरिकी दुतावासमा भिसा आवेदन दिएका थिए। उनि बर्बाडोस ट्रिडेन्टको लागि लिगमा खेल्दैछन्। बर्बाडोस जानको लागि अमेरिका हुँदै जानु पर्ने तथा लिगको खेलहरु पनि अमेरिकामा गर्ने योजना हुँदा सन्दिपले भिसाको माग गरेका थिए।

सामाजिक संजाल ट्वीटरमा सन्दिपले आफुलाई भिसा नदिएपछि पोस्ट गर्दै निराशा व्यक्त गरेका थिए र सहयोगको अपिल गरेका थिए। आफुले २०१६ देखि राष्ट्रिय टिमको लागि र विश्वभर लिग खेलीरहेको तथा सम्पूर्ण डकुमेन्ट पुरा गरे पछि पनि भिसा नदिंदा सन्दिपले अस्चार्य प्रकट गरेका थिए। सन्दिपको ट्वीटपछि समर्थक र कूटनीतिक स्तरबाटै अमेरिकी दूतावासमा दबाब पुगेको थियो।

सन्दिपले ट्वीटरमा आफ्नो भिसा समस्या समाधान भएको बताएका छन्। ट्वीटमा उनले अमेरिकी दूतावासलाई धन्याद दिएका छन् र यो काममा साथ दिने सुभचिन्तक तथा सम्बन्धित व्यक्तिहरुलाई धन्यवाद समेत दिएका छन्। ट्वीटरमा सन्दिपले भिसा नपाएको पोस्ट गरेपछि दुतावासले सन्दिपलाई पुनः बोलाएको थियो। उनिसंगै उनका तथा नेपाली टिमका व्यवस्थापक रमन शिवाकोटी पनि गएका थिए।

“अन्ततः समस्या समाधान भएको छ। सहयोगको लागि अमेरिकी दुतावासलाई धन्यवाद। ठुलो धन्यवाद मेरो समर्थक र मेरो लागि चिन्ता व्यक्तगर्नु व्यक्तिहरुको मुल्यवान साथको लागि” सन्दिपले ट्वीट गरेका छन्।

सन्दिप अब सेप्टेम्बरको सुरुवातमा अमेरिका हुँदै बार्बाडोस पुग्नेछन्।

यसै साता क्यानडामा सम्पन्न ग्लोबल टि-२० मा टोरोन्टो नेसनल्सको लागि खेलेर फर्किएका सन्दिपले क्यारेबियन लिगमा बार्बाडोस ट्रिडेन्टसबाट खेल्दै छन्। सन्दिपको टिममा जेसन होल्डर, वाहब रियाज, शाइ होप, एलेक्स हेल्स जस्ता क्रिकेटरहरु रहेका छन्। बार्बाडोसको पहिलो खेल ८ सेप्टेम्बरमा गुएना एमाजोन वारियर्स बिरुद्ध रहेको छ।

सन्दिपलाई बार्बाडोसले ७० हजार डलरमा जेठमा सम्पन्न ड्राफ्टमार्फत टिममा लिएको थियो। सीपीएल टि-२० को अघिल्लो सिजन सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सले खरिद गरेको थियो। सन्दिपले खेलेको विश्वभरको लिगमा अधिकारिक रुपमा घोषणा भएको मध्ये सन्दिपले पाएको यो सबैभन्दा धेरै मूल्य हो। बिग ब्यास लिगमा सन्दिपले ६०-७० हजार डलरको हाराहारीमा पाएको बताईए पनि अधिकारिक रुपमा भने मूल्य बाहिर आएको थिएन।

सीपीएल टि-२० को अघिल्लो सिजन सन्दिपले सेन्ट किट्स एण्ड नेभीस प्याट्रीएट्सको लागि ५ खेलमा कुल ७ विकेट लिएका थिए। सन्दिपको टिम गत सिजन लिग चरण अंकतालिकामा चौथो स्थानमा रहेको थियो भने दोश्रो क्वालीफायरमा पराजित हुँदै समग्रमा तेश्रो भएको थियो।

लिगमा कुल ६ टिम रहेका छन् जसमा सन्दिप खेल्ने बार्बाडोस संगै गुयना एमाजोन वारियर्स, जमैका तल्लावाज, सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्स, सेन्ट लुसिया स्टार्स र ट्रिन्बागो नाइट राइडर्स रहेका छन्।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]