अमेरिकी दूतावासले सन्दिप लामिछानेलाई भिसा दिएन, सन्दिपले ट्वीटरमा पोखे निराशा

Sandeep Lamichhane

स्टार नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी राजदूतावासले भिसा दिन अस्विकार गरेको छ। सन्दिपले ४ सेप्टेम्बर देखि  क्यारेबियन प्रिमियर लिग खेल्नको लागि भिसा आवेदन दिएका थिए जसलाई दुतावासले अस्विकार गरेको सन्दिपले आफ्नो ट्वीटर मार्फत बताएका छन्।

“म आज क्यारेबियन प्रिमियर लिग २०१९ को लागि अमेरिकाको भिसाको लागि गएको थिए। राष्ट्रिय क्रिकेटरको रुपमा देशको प्रतिनिधित्व गर्दै म २०१६ देखि विश्वभर खेलीरहेको छु। म आस्चर्यचकित छु कि मेरो भिसा रिजेक्ट गरिएको छ।” सन्दिपले प्रधानमन्त्री तथा अमेरिकी दुतावासलाई मेन्सन गर्दै ट्वीट गरेका छन्।


यस्तै अर्को ट्वीटमा सन्दिपले आफु स्तब्ध भएको लेखेका छन् – “सबै डकुमेन्ट पुरा गरेपछि पछि पनि यस्तो हुँदा म स्तब्ध र आस्चर्यचकित भएको छु र म मुस्कुराईरहेको थिए। मलाई अब क्यारेबियन प्रिमियर लिगमा सहभागी हुन् मुस्किल हुनेछ” सन्दिपले लेखेका छन्।

क्यारेबियन प्रिमियर लिगको खेलहरु अमेरिकामा पनि हुने बताईएको छ। यस्तै बार्बाडोस अमेरिका हुँदै जाने हुँदा उनलाई अमेरिकी भिसा चाहिएको सन्दिपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी गराएका छन्।

२०१६ अन्डर-१९ विश्वकप देखि नेपाली टिमको लागि खेलीरहेका सन्दिपले नेपालको लागि र बिभिन्न क्रिकेट लिग खेल्न अस्ट्रेलिया, वेस्टइन्डिज, बेलायत, नेदरल्याण्ड,  हंगकंग, क्यानडा,  पाकिस्तान, युएई जस्ता धेरै देशहरु घुमीसकेका छन्। यो क्रममा सन्दिपले आईपीएल, बिग ब्यास, क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग जस्ता प्रतियोगिता खेलीसकेका छन्।

यसै साता क्यानडामा सम्पन्न ग्लोबल टि-२० मा टोरोन्टो नेसनल्सको लागि खेलेर फर्किएका सन्दिपले क्यारेबियन लिगमा बार्बाडोस ट्रिडेन्टसबाट खेल्दै छन्। सन्दिपको टिममा जेसन होल्डर, वाहब रियाज, शाइ होप, एलेक्स हेल्स जस्ता क्रिकेटरहरु रहेका छन्। बार्बाडोसको पहिलो खेल ८ सेप्टेम्बरमा गुएना एमाजोन वारियर्स बिरुद्ध रहेको छ।

सन्दिपलाई बार्बाडोसले ७० हजार डलरमा जेठमा सम्पन्न ड्राफ्टमार्फत टिममा लिएको थियो। सीपीएल टि-२० को अघिल्लो सिजन सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सले खरिद गरेको थियो। सन्दिपले खेलेको विश्वभरको लिगमा अधिकारिक रुपमा घोषणा भएको मध्ये सन्दिपले पाएको यो सबैभन्दा धेरै मूल्य हो। बिग ब्यास लिगमा सन्दिपले ६०-७० हजार डलरको हाराहारीमा पाएको बताईए पनि अधिकारिक रुपमा भने मूल्य बाहिर आएको थिएन।

सीपीएल टि-२० को अघिल्लो सिजन सन्दिपले सेन्ट किट्स एण्ड नेभीस प्याट्रीएट्सको लागि ५ खेलमा कुल ७ विकेट लिएका थिए। सन्दिपको टिम गत सिजन लिग चरण अंकतालिकामा चौथो स्थानमा रहेको थियो भने दोश्रो क्वालीफायरमा पराजित हुँदै समग्रमा तेश्रो भएको थियो।

सीपीएल टि-२० मा कुल ६ टिम रहेका छन् जसमा सन्दिप खेल्ने बार्बाडोस संगै गुयना एमाजोन वारियर्स, जमैका तल्लावाज, सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्स, सेन्ट लुसिया स्टार्स र ट्रिन्बागो नाइट राइडर्स रहेका छन्।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]