सन्दिपको सानदार लय कायमै, सिड्नी बिरुद्ध अर्को उत्कृस्ट प्रदर्शन

  • विकेटनेपाल, पुष-१२ 

बिग ब्यास लिग क्रिकेट अन्तर्गत ज्याक्सन कोल्मेन र सन्दिप लामिछानेले उत्कृस्ट बलिंग प्रदर्शन गरेपछि मेलबर्न स्टार्स बिरुद्धको खेलमा सिड्नी सिक्सर्स १३० रनमा समेटिएको छ। पहिलो इनिंगको समाप्तिमा सिड्नीले १३०/९ को योगफल तयार गरेको हो।

टस जितेर बलिंग गर्ने निर्णय लिएको मेलबर्नका लागि स्टार लेग स्पिनर सन्दिपले सानदार बलिंग प्रदर्शन गरे। आफ्नो ४ ओभरको स्पेलमा सन्दिपले मात्र १८ रन खर्चिंदा २ विकेट हात पारे।

सिड्नी बिरुद्धको प्रदर्शनपछि सन्दिप प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा शिर्ष स्थानमा उक्लिएका छन्। प्रतियोगितामा ३ खेल खेलेका सन्दिपको नाममा ७ विकेट रहेको छ। यस्तै दोस्रो स्थानका डेनिएल स्याम्सको नाममा भने २ खेलबाट ५ विकेट रहेको छ।

सिड्नी क्रिकेट मैदानमा जारी खेलमा मेलबर्नका बलरहरुले अनुशासित बलिंग गर्दा सिड्नी ठूलो स्कोर जोड्नबाट चुक्यो। खेलको दोस्रो बलमानै ओपनर ज्याक एडवार्ड (४) लाई गुमाएको सिड्नीले टोलीको स्कोर २६ रन हुँदा जोए ड़ेन्लीलाई समेत गुमायो। एडवार्डको विकेट एडम जाम्पा र डेन्लीको विकेट ग्लेन म्याक्स्वेलले हात पारे।

खेलको आठौँ ओभरको पहिलो बलमा डेनिएल ह्युजेजलाई २० रनको स्कोरमा गुमाउँदा सिड्नीले ४८ रन जोड्न माथिल्लो क्रमका ३ ब्याट्सम्यान गुमाएको थियो। कप्तान मोइजेज अन्रिकेज नवौं ओभरको दोस्रो बलमा सन्दिपको शिकार बन्दा टोलि झन् समस्यामा आयो।

पाँच नम्बरमा ब्याटिंग गर्न आएका जोर्डन सिल्कले एक किनार सम्हालेर ब्याटिंग गरेपनि अर्को किनारबाट लगातार विकेट गुमाउदा सिड्नीले १३० रन मात्र जोड्न सक्यो। सिल्क ३७ बलमा ४१ रन बनाएर अविजित रहे।

मेलबर्नको बलिंगमा ज्याक्सन कोल्मेनले सर्वाधिक ३ तथा सन्दिप लामिछाने र ड्वेन ब्राभोले समान २-२ विकेट हात पारे।

खेल हेर्न पुगेका सन्दिप समर्थक

यस्तो थियो सन्दिपको बलिंग स्पेल : 

खेलको सातौँ ओभरमा आफ्नो ब्यक्तिगत पहिलो ओभर लिएर बलिंगमा आएका सन्दिपले कसिलो सुरुवात गरेका थिए। आफ्नो पहिलो ओभरमा उनले ४ रन मात्र खर्चिए। सोहि ओभरको पाँचौ बलमा सिड्नीका कप्तान मोइजेज अन्रिकेज स्विप गर्ने प्रयासमा एल बि डब्लु धरापबाट जोगिएका थिए।

अन्रिकेजको विकेट लिन सन्दिपलाई धेरै समयभने लागेन। खेलको नवौं ओभर लिएर आएका सन्दिपको गुग्ली बुझ्न नसक्दा ओभरको दोस्रो बलमा अन्रिकेज एल बि डब्लु धरापमा पर्न गए। सन्दिपको दोस्रो ओभरमा समेत सिड्नीले ४ रन मात्र जोड्न सक्यो।

खेलको १२ औं ओभरमा आफ्नो व्यक्तिगत तेस्रो ओभर गर्ने क्रममा सन्दिपले पुन: स्पिनमा सिड्नीका ब्याट्सम्यानलाई नचाए। लगातार गुग्ली र लेग स्पिनको मिश्रण गरेका सन्दिपले सो ओभरको अन्तिम बलमा टम कुरनलाई एल बि डब्लु धरापमा पार्दै आफ्नो दोस्रो विकेट हात पारे।

आफ्नो अन्तिम ओभरमा भने सन्दिपले ९ रन खर्चिन पुगे। खेलको १४ औं ओभरमा आफ्नो कोटाको अन्तिम ओभर गर्न आएका सन्दिपको पहिलो बलमा सन् एबोटको ब्याटले बाहिरी किनारा लिंदै ४ रन जोडेको थियो। ओभरको चौथो बलमा सन्दिपले जोर्डन सिल्क बिरुद्ध गरेको एल बि डब्लु अपिल अम्पायरले नकारेका थिए।

पहिलो ओभर : ० (अन्रिकेज), ० (अन्रिकेज), १ रन (अन्रिकेज), १ रन (ह्युजेज), २ रन लेग बाई (अन्रिकेज), २ रन (अन्रिकेज)
दोस्रो ओभर : ० (अन्रिकेज), विकेट (अन्रिकेज), २ रन (फिलिपे), १ रन (फिलिपे), ० (सिल्क), १ रन (सिल्क)
तेस्रो ओभर : १ रन (सिल्क), ० (कुरन), १ रन (कुरन), ० (सिल्क), १ रन (सिल्क), विकेट (कुरन)
चौथो ओभर : चौका (एबोट), ० (एबोट), १ रन (एबोट), २ रन लेग बाई (सिल्क), १ रन (सिल्क), १ रन (एबोट)

खेलका क्रममा सन्दिप र मेलबर्न स्टार्सलाई समर्थन गर्न सयौंको संख्यामा नेपालीहरु समेत मैदानमा उपस्थित भएका थिए। समर्थकहरुको तारिफ गर्दै खेलका क्रममा कमेन्टटरले नेपालीहरु क्रिकेटको पारखी भएको र सन्दिप खेल्न जुन मैदानमा पुगेपनि नेपाली समर्थक   भेटिने भन्दै नेपाली क्रिकेट फ्यानहरुको तारिफ गरेका थिए।

 





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]