सन्दिपले लिए कप्तान कुपरको विकेट , रिकी पोन्टिंगद्वारा प्रसंशा

  • विकेटनेपाल, पुष १७ – मङ्गलबार 

बिगब्यास लिग अन्तर्गत चौथो खेलमा अहिले डर्बी म्याचमा मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्स प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर सन्दिपको टिम मेलबर्न स्टार्सले पहिले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको रेनेगेड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४८ रनको योगफल तयार गरेको छ। मेलबर्नको लागि ड्यानियल क्रिस्टीएनले सर्वाधिक ३२ तथा ओपनर स्याम हुपरले ३० रन बनाए।

मेलबर्न स्टार्सको बलिङ्गमा ड्वेन ब्राभोले सर्वाधिक ३ विकेट ( ४-०-२७-३ ) लिए भने स्कट बोलाण्ड र मार्कस स्टोइन्सले २/२ विकेट लिए। सन्दिप लामिछाने र एडम जाम्पाले १/१ विकेट लिए।

सन्दिपको प्रदर्शन  : प्रतियोगितामा चौथो खेल खेल्ने क्रममा सन्दिपले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिएका छन्।

खेलको तेश्रो ओभरमा बलिङ्ग गर्न आएका सन्दिपलाई ओभरको चौथो र पाँचौ बलमा स्याम हार्परले चौका हिर्काए। तेश्रो बल सन्दिपले फुलटस फालेका थिए भने चौथो बललाई स्क्वायर लेगको पछाडी हार्परले स्टम्प भन्दा अघि बढ्दै स्लग स्विप गरेका थिए। पहिलो ओभरमा उनले ११ रन खर्चिए।

सन्दिपको पहिलो ओभर – १ रन ( हार्पर ) , डट बल ( हार्भे ) , १ रन ( हार्भे ) , चौका ! ( हार्पर ) , चौका ( हार्पर ) , १ रन ( हार्पर )

पहिलो ओभर गरेको ७ ओभर पछि ११ औं ओभरमा दोश्रो ओभर बलिङ्ग गरेका सन्दिपले अन्तिम बलमा कप्तान टम कुपरलाई बोल्ड आउट गर्दै पहिलो विकेट लिए। प्रतियोगिताको आठौँ विकेट लिने क्रममा सन्दिपले गरेको गुग्लिलाई कुपरले बुझ्न सकेनन् जसपछि कुपरको मिडल स्टम्प ढलेको थियो। दोश्रो ओभरमा उनले ४ रन खर्चेर १ विकेट लिए।

सन्दिपको दोश्रो ओभर – १ रन ( कुपर ) , १ रन ( क्रिस्टीएन ) , डट बल – ( कुपर ) , १ रन ( कुपर ) , १ रन  ( क्रिस्टीएन ) , विकेट ( कुपर , बोल्ड )

लगत्तै स्पेलमा आफ्नो तेश्रो ओभर बलिङ्ग गर्न आएका सन्दिपले ८ रन खर्चिए। त्यस क्रममा ओभरको पहिलो ३ बलमा १ रन मात्र दिएका सन्दिपलाई चौथो बलमा ड्यान क्रिस्टीएनले चौका प्रहार गरे। अगाडी बढेर क्रिस्टीएनले हानेको चौका सन्दिपको माथिबाट गएको थियो। तेश्रो ओभरमा सन्दिपले ८ रन खर्चिए।

सन्दिपको तेश्रो ओभर – १ रन ( वेबस्टर ) , १ रन ( क्रिस्टीएन ) , १ रन ( वेबस्टर ) , चौका ( क्रिस्टीएन ) , डट बल ( क्रिस्टीएन ) , १ लेग बाई ( क्रिस्टीएन )

स्पेलको अन्तिम ओभर बलिङ्ग गर्न आएका सन्दिपलाई ओभरको पाँचौ बलमा बिउ वेबस्टरले चौका प्रहार गरे। ओभरको अन्तिम बलमा सन्दिपको लेग स्पिनमा ब्याटको किनारा लागे पनि विकेटकिपर भन्दा बल थोरै पर पुग्दा सन्दिपले विकेट लिन सकेनन्। चौथो ओभरमा ९ रन खर्चेका सन्दिपले ४ ओभरमा कुल ३१ रन खर्चेर १ विकेट लिए।

सन्दिपको चौथो ओभर – डट बल ( वेबस्टर ) , १ रन ( वेबस्टर ) , वाइड , १ रन ( क्रिस्टीएन ) , चौका ( वेबस्टर ) , २ रन ( वेबस्टर )

सन्दिपको स्पेल : ४-०-३१-१

प्रतियोगिताको यस अघिको ३ वटा खेलहरुमा सन्दिपले कुल ७ विकेट लिएका थिए। ४ खेलमा ८ विकेट लिएपछि सन्दिप प्रतियोगिताको धेरै विकेट लिने बलरहरुको सुचीमा चौथो स्थानमा रहेका छन्। सुचीमा सिड्नी सिक्सर्सका स्टिभ ओ किफ ५ खेलमा १० विकेट सहित शिर्ष स्थानमा रहेका छन्।

रिकी पोन्टिंगद्वारा सन्दिपको तारिफ 

गत बर्ष आईपीएलमा दिल्लीको प्रशिक्षक रहेका अस्ट्रेलियन क्रिकेट टिमका पुर्व कप्तान समेत रहेका रिकी पोन्टिंगले खेलको दौरान कमेन्ट्री गर्दै सन्दिपको खुलेर तारिफ गरे। पोन्टिंगले सन्दिपमा क्रिकेटको भोक निकै रहेको बताउदै लेग स्पिनरहरु सफल हुनुको कारण समेत बताएका थिए।

पहिलेको लेग स्पिनरहरु सुस्त गतिमा बलिङ्ग गर्ने गर्थे र उनीहरुलाई बुझ्न ब्याट्सम्यानलाई सहज थियो। तर अहिले लेग स्पिनरहरु बढी सफल हुनुमा उनीहरुको बढेको गति महत्वपूर्ण कारण हो। राशिद जतिको हातको गति नभएपनि सन्दिपको स्पिड एकदम राम्रो छ।”

पोन्टिंग त्यतिमै रोकिएनन् र दिल्लीको लागि सन्दिप खेल्दा सन्दिपको स्मरण गरे-

“आईपीएलमा सन्दिपले पछिको ३ वटा खेल मात्रै खेले। बाँकी खेलमा सन्दिप नखेलेपनि उनले प्रत्येक दिन ४ घण्टा बलिङ्ग गरे”

“म उनलाई बिराट नेपालको बिराट कोहली भन्न रुचाउछु”

 





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]