७ खेल पछि विकेट विहिन बने सन्दिप

नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने अहिले विश्व क्रिकेटमै चर्चित छन्। गत सिजन इन्डियन प्रिमियर आइपीएल खेलेपछि विदेशी लिगमा सुरु भएको सन्दीपको यात्रा अहिले बंगलादेशसम्म पुगेको छ।

यसबीचमा क्यारेबियन प्रिमियर लिगदेखि अष्ट्रेलियाको बिग बास लिगसम्म खेलिसकेका सन्दीपले बंगलादेश प्रिमियर लिगमा दुई खेल खेलिसके। यसै सिजन बिग बास डेब्यु गरेका सन्दीप लगातार चार खेल खेल्दै बंगलादेश पुगेका हुन्। बिग बास अघि सन्दीपले घरेलु मैदानमा एभरेष्ट प्रिमियर लिग इपीएलमा ललितपुर प्याट्रिओट्सका लागि दुई खेल खेले। त्यसअघि उनले युएईमा भएको टी-१० लिग खेले।

यी सबै लिगमा सन्दीपले विकेट लिएका थिए। सन्दीपले विकेट लिनु अहिले सामान्य कुरा भइसकेको छ। तर उनले विकेट नलिएको बारेमा समेत चर्चा हुने गर्छ।

युएईमा भएको टी-१० लिगमा केरालाबाट खेलेका सन्दीपले पछिल्लो पटक बेङ्गाल टाइगर्स विरुद्ध विकेट लिन सकेका थिएनन्। त्यसपछि लगातार ७ खेलमा विकेट लिएका सन्दीप बीपीएलमा आज विकेट लिन असफल भए। टि-१० लिगमा सन्दिप अन्तिमको ३ वटा खेलमा विकेट विहिन भएका थिए जसपछि उनले सबै खेलमा विकेट लिएका थिए।

Sandeep Lamichhane

टि-२० लिग भन्दा अघि सन्दिपले खेलेको पोखरा प्रिमियर लिग र टि-२० बिश्वकप छनौट छनौट ( एसिया बि ) प्रतियोगिताको सबै खेलमा विकेट लिएका थिए। त्यस अघि सन्दिप ओमानसंग एसिया कप छनौटको खेलमा विकेट विहिन ( १०-१-२७-० ) बनेका थिए। एसिया कप छनौट अघि सन्दिपले खेलेको क्यारेबियन प्रिमियर लिगको अन्तिम १ खेलमा बार्बाडोस बिरुद्ध विकेट विहिन ( ४-०-४३-० ) भएका उनले प्रतियोगिताको अन्य सबै ४ खेलमा विकेट लिएका थिए।

बंगलादेश प्रिमियर लिगमा सिलेट सिक्सर्सका लागि पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बीपीएलमा डेब्यु गरेका सन्दीपल पहिलो खेलमा कमिला भिक्टोरिएन्स विरुद्ध ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिएका थिए। उक्त खेल सन्दीपको टोलीले ४ विकेटले हारेको थियो।

आजपनि चितागोङ भाइकिङ्स विरुद्ध सन्दीपले किफायती बलिङ गरेपनि ४ ओभरमा २१ रन खर्चिँदा कुनै विकेट लिन सकेनन्। सन्दीपले भाइकिङ्सका क्यामरुन डेलपोर्टलाई भने डाइरिक्ट हिटमार्फत रनआउट गराए। सिक्सर्सलाई ५ रनको रोमात्र्चक जित हात पार्ने क्रममा सन्दीपको बलिङको पनि महत्वपूर्ण योगदान रह्यो। सन्दीपले बंगलादेश जानुअघि अष्ट्रेलियामा मेलवर्न स्टार्सका लागि बीबीएलमा चार खेल खेल्दै ८ विकेट लिएका थिए।

सन्दिपले खेलेको पछिल्लो १३ खेलमा प्रदर्शन  

बिरुद्ध  चितागोङ्ग : ४-०-२१-० ( बिपिएल )
बिरुद्ध कोमिल्ला : ४-०-१६-२  ( बिपिएल )
बिरुद्ध मेलबर्न रिनेगेड्स : ४-०-३१-१ ( बिग ब्यास )
बिरुद्ध सिड्नी सिक्सर्स : ४-०-१८-२ ( बिग ब्यास )
बिरुद्ध होबर्ट हरिकेन्स : ४-०-२४-३ ( बिग ब्यास )
बिरुद्ध सिड्नी थन्डर्स : ४-०-३६-२ ( बिग ब्यास )
बिरुद्ध चितवन टाइगर्स : ४-०-२६-३ ( ईपिएल )
बिरुद्ध बिराटनगर वारियर्स : ४-१-१२-२ ( ईपिएल )
बिरुद्ध नर्थर्न वारियर्स : २-०-४७-० ( टि-१० लिग )
बिरुद्ध पन्जाबी लेजेन्ड्स : २-०-२८-० ( टि-१० लिग )
बिरुद्ध राजपुत्स : २-०-२३-२ ( टि-१० लिग )
बिरुद्ध सिन्धिज : २-०-१४-१ ( टि-१० लिग )
बिरुद्ध पख्तुन्स : २-०-१७-३ ( टि-१० लिग )





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]