बिपिएल डेब्युमै सन्दिपको सानदार प्रदर्शन

Sandeep Lamichhane
  • विकेटनेपाल, पुष २२ – आइतबार 

बंगलादेश प्रिमियर लिग अन्तर्गत पहिलो खेलमा सन्दिप लामिछानेले सानदार बलिङ्ग प्रदर्शन गरेका छन्।

बिग ब्यास लिग खेलेर बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश पुगेका सन्दिपलाई सिलहेट सिक्सर्सले पहिलो खेलमा डेब्यु गराएको थियो। चर्चित दक्षिण अफ्रिकी लेग स्पिनर इमरान ताहिर हुँदा हुँदै सन्दिपलाई दिएको मौका नेपाली लेग स्पिनरले खेर फालेनन्।

खेलमा ४ ओभर बलिङ्ग गरेका सन्दिपले ४ ओभरमा मात्र १६ रन खर्चिए २ ठुलो विकेट लिए। चर्चित पाकिस्तानी ब्याट्सम्यान शोयब मलिक र बंगलादेशी रास्ट्रिय क्रिकेटर अनामुल हकलाई सन्दिपले पेभेलियनको बाटो फर्काए।

सन्दिपको पहिलो ओभर – ५ रन ( १ १ ० १ १ १ )

दोश्रो इनिंगको आठौँ ओभरमा आफ्नो पहिलो ओभर बलिङ्ग गरेका सन्दिपले ५ रन खर्चिए। उक्त ओभरमा क्रिजमा कप्तान स्टिभ स्मिथ र तामिम इकबाल थिए। स्मिथले ३ र इकबालले २ रन बनाए।

सन्दिपको दोश्रो ओभर  –  ३ रन ( १ ० ० १ ० १ )

लगातार स्पेलमा बलिङ्ग गर्न आएका सन्दिपले ओभरमा मात्र ३ रन खर्चिए। शोयब मलिकले २ रन तथा इकबालले १ रन बनाए।

सन्दिपको तेश्रो ओभर – १ विकेट ७ रन ( २-वाइड  वाइड १ १ ० १ लेगबाई १ विकेट )

१३ औं ओभरमा आफ्नो तेश्रो ओभर गर्न आएका सन्दिपले ओभरको छैठौं बलमा चर्चित पाकिस्तानी क्रिकेटर शोयब मलिकको विकेट लिए। सन्दिपले गरेको सर्ट बलमा डिप-मिड विकेटमा पुल गरेका मलिक क्याच आउट भए।

सन्दिपको चौथो ओभर – १ विकेट २ रन ( २ विकेट ० ० ० ० )

१५ औं ओभरमा बलिङ्ग गर्न आएका सन्दिपले ओभरको दोश्रो बलमा बंगलादेश राष्ट्रिय क्रिकेटर अनामुल हकलाई बोल्ड गरे। सन्दिपले गरेको गुग्लिमा स्विप गर्ने प्रयास गरेका अनामुलको अफ स्टम्प सन्दिपले ढाल्दै दोश्रो विकेट लिएका थिए। विकेटपछिको लगातार ४ बलमा सन्दिपले शहिद अफ्रिदीलाई कुनै पनि रन दिएनन्।

फलस्वरूप सन्दिपले ४ ओभर गर्दा मात्र १६ रन खर्चेर २ विकेट लिए। यस क्रममा उनले कुनै पनि चौका र छक्का दिएनन् भने ९ वटा डट बल फाले।

सन्दिपले बिग ब्यास लिगमा पनि पहिओ खेलमा सिड्नी थन्डर्ससंग पहिलो खेलमै २ विकेट लिएका थिए भने ४ खेलमा ८ विकेट लिएका थिए।

बंगलादेश प्रिमियर लिगमा सिलहेट सिक्सर्सको खेल तालिका : जनवरी ६ – कोमिल्ला भिक्टोरिएन्स ,जनवरी ९ – चिट्टागोंग भिकिङ्गस , जनवरी १२ – ढाका डाइनामाइट्स , जनवरी १५ – कोमिल्ला भिक्टोरिएन्स , जनवरी १६ – रंगपुर राइडर्स, जनवरी १८ – ढाका डाइनामाइट्स , जनवरी १९ – रंगपुर राइडर्स , जनवरी २३ – खुल्ना टाईटन्स, जनवरी २५ – राजशाही किंग्स , जनवरी २६ – खुल्ना टाईटन्स , जनवरी ३० – राजशाही किंग्स , फेव्रुअरि १ – चिट्टागोंग भिकिङ्गस

बंगलादेश क्रिकेट बोर्डको आयोजनामा सुरु भएको प्रतियोगितामा खुल्ना टाईटन्स, रंगपुर राईडर्स, राजशाही किंग्स, ढाका डाईनामाइट्स, सिलहेट सिक्सर्स, कोमिल्ला भिक्टोरियन्स र चिट्टागोंग भिकिङ्ग्स गरी ७ वटा टिम सहभागी छन्। लिग फेब्रुअरी ८ तारिकसम्म चल्नेछ।

 





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]