लगातार दोश्रो खेलमा सन्दिप विकेटविहिन, यस्तो रह्यो प्रदर्शन

Sandeep Lamichhane
  • विकेटनेपाल, पुष २८ – शनिवार 

बंगलादेश प्रिमियर लिग अन्तर्गत लगातार दोश्रो खेलमा पनि सन्दिप लामिछाने विकेट विहिन बनेका छन्। शेरे बाङ्ग्ला स्टेडियममा जारि सन्दिपको टिम सिलहेट सिक्सर्स र ढाका डाइनामाइट्स बीचको खेलमा सन्दिपले ४ ओभरमा ३३ रन खर्चदा विकेट भने लिन सकेनन्।

जारि खेलमा टस जितेर ब्याटिंग गर्दै ढाकाले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन बनाएको छ।  उसको लागि रोनी तालुकदारले सर्वाधिक ५८ रन बनाए। सुनिल नारायणले २५ , शाकिब अल हसनले २३ तथा नईम शेखले अविजित २५ रन बनाए। सिलहेटको लागि तस्किन एहमदले सर्वाधिक ३ विकेट लिए।

यस्तो रह्यो सन्दिपको प्रदर्शन 

सन्दिपको पहिलो ओभर – १२ रन ( १ २ ६ १ १-लेगबाई १ ) 

आठौँ ओभरम पहिलो ओभर बलिङ्ग गर्न आउने क्रममा सन्दिपको तेश्रो बलमा रोनी तालुकदारले बिशाल छक्का प्रहार गरे। अन्य बलमा भने सन्दिपले कसिलो बलिङ्ग गरे र बाउन्ड्री दिएनन्।

सन्दिपको दोश्रो ओभर – ८ रन ( १ १ ० २ ४ ० ) 

राम्रो बलिङ्ग गरेका सन्दिपको पाँचौ बलमा शाकिब अल हसनले स्विप गर्दै चौका प्रहार गरे। अन्य बलमा सन्दिपले ब्याट्सम्यानलाई खुल्न दिएनन्।

Sandeep Lamichhane

सन्दिपको तेश्रो ओभर – ६ रन ( ० ४ १ ० ० १ ) 

१४ औं ओभरमा बलिङ्ग गर्न आएका सन्दिपको दोश्रो बलमा आन्द्रे रसेलको ब्याटको बाहिरी किनारा लाग्दा चौका गएको थियो। त्यसपछि चौथो बलमा पोलार्ड स्टम्प आउट हुनबाट थोरैले बचेका थिए। ओभरमा सन्दिपले ३ डट बल गरे।

सन्दिपको चौथो ओभर – ८ रन ( १ ० ० ६ ० १ ) 

३ ओभरसम्म विकेट विहिन रहेका सन्दिपले चौथो ओभरमा पनि विकेट लिन सकेनन्। ओभरको चौथो बलमा नईम शेखले सन्दिपको ओभर पिच बललाई  लंग-अनमा छक्का प्रहार गरे। ३ बल डट गरेका सन्दिपले २ वटा १/१ रन दिए।

अघिल्लो खेलमा पनि विकेटविहिन रहेका सन्दिप लगातार दोश्रो खेलमा विकेट विहिन भए भने बिगत भन्दा महँगो पनि सावित भए। ४ ओभरमा सन्दीपले कुल ३३ रन खर्चिए। बंगलादेश प्रिमियर लिगको पहिलो खेलमा सन्दिपले कोमिल्लासंग २ विकेट लिएका थिए भने किफायती बलिङ्ग पनि गरेका थिए जसपछि चितागोङ्गसंग दोश्रो खेलमा २१ रन खर्चेर विकेट लिन सकेका थिएनन्।

 

 





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]