CPL : सन्दिप पहिलो पटक विकेटविहिन, यस्तो रह्यो लिगमा समग्रमा प्रदर्शन

करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० अन्तर्गत नेपाली स्पिनर सन्दिप लामिछाने ट्रिनबागो नाइट राइडर्ससंगको सेमीफाइनल खेलमा पहिलो पटक विकेटविहिन भएका छन्। लिग अन्तर्गत यस अघि १० मध्ये ९ खेलमा बलिंग गरेका सन्दीपले सबै खेलमा विकेट लिने क्रममा १२ विकेट लिएका थिए। सेमीफाइनलमा जमैका ट्रिनबागोसंग ९ विकेटले पराजित भएपछि सन्दिपले सिपिएलमा कुल ११ खेलमा १० खेलमा बलिंग गर्दै १२ विकेट लिंदै यो वर्षको सिपिएल यात्रा समाप्त गरे। खेलमा जमैकाले दिएको १०८ रनको लक्ष्य ट्रिनबागोले मात्र १ विकेट गुमाएर १५ ओभरमा पुरा गर्यो।

करेबियन प्रिमियर लिग अन्तर्गत पहिलो सिजन २०१८ मा सन्दिपले सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सबाट खेल्ने क्रममा ५ खेलमा ७ विकेट लिएका थिए। त्यसपछि २०१९ मा दोश्रो सिजन बार्बेडोसको लागि खेल्दा उनले ६ खेलमा ८ विकेट लिएका थिए। यो सिजन १२ विकेट पछि ३ सिजन खेल्दा सन्दिपको सिपिएलमा विकेट संख्या २७ विकेट पुगेको छ। यो सिजन सन्दिपको सबैभन्दा उत्कृस्ट बलिंग गायना बिरुद्ध रह्यो जुन खेलमा सन्दिपले ४ ओभरमा मात्र ८ रन खर्चेर २ विकेट लिंदै आफ्नो करियरकै सबैभन्दा किफायती बलिंग स्पेल दर्ता गरे।

खेलमा सन्दिपको बलिंग प्रदर्शन 

सन्दिपको पहिलो ओभर : ५ रन ( ४ , ० , ० , ० , ० , वाइड, ० )

लिगमा पहिलो पटक पावरप्लेको ओभरमा बलिंग गर्न आएका सन्दिपले पाँचौ ओभरमा ५ रन खर्चिए। ओभरको पहिलो बलमा लेन्डल सिमोन्सले चौका प्रहार गरेपछि सन्दिपले लगातार ४ बल डट फाले। त्यसपछि गुगलीमा वाइड फालेका सन्दिपले अर्को डट बल गर्दै ओभर समाप्त गरे।

सन्दिपको दोश्रो ओभर : ८ रन ( १ , ० , १ , ० , ० , ६ )

लगत्तै स्पेलमा सातौँ ओभर बलिंग गर्न आएका सन्दिपलाई ओभरको अन्तिम बलमा टायन वेब्स्टरले स्लग स्विप गर्दै छक्का प्रहार गरे। त्यस अघि ओभरमा उनले ३ डट बल गरे भने २ वटा १/१ रन दिए।

सन्दिपको तेश्रो ओभर : ९ रन ( २ , १ , ० , वाइड, ३ वाइड, ० , १ , १ )

नवौं ओभर बलिंग गर्ने क्रममा सन्दिपले ९ रन खर्चिए। अन्य बल राम्रो गरेता पनि उनले चौथो बलमा लगातार वाइड बल गरेका थिए। सन्दिपको गुगली लेग स्टम्प भन्दा बाहिर गएपछि दोश्रो पटक वाइडमा २ रन अतिरिक्त पनि दिए। तर ओभरमा विकेटको मौका सिर्जना गर्न भने सन्दिप असफल रहे। सिमोन्स र वेब्स्टरलेले जोखिमपूर्ण सट खेलेनन्।

सन्दिपको चौथो ओभर : ७ रन ( ० , ० , १ , ४ , १ , १ )

नवौं ओभर पछि १४ औं ओभरमा बलिंग गर्न आएका सन्दिपले लिगमा पहिलो पटक लगातार ४ ओभर बलिंग गर्न पाएनन्। स्पेलको अन्तिम ओभरमा सन्दिपले ७ रन खर्चिए र विकेटविहिन रहे। ओभरको चौथो बलमा वेबस्टरले चौका हिर्काएका थिए। सहजै जिततर्फ अघि बढेको ट्रिनबागोले सन्दिपको बलमा रिस्क लिन जरुरि ठानेन।

पहिलो पटक विकेटविहिन

४ ओभरको स्पेलमा लिगमै पहिलो पटक विकेटविहिन भएका सन्दीपले २९ रन खर्चिए। लिगमा सन्दिपको यो दोश्रो महँगो स्पेल हो। यस अघि ट्रिनबागो बिरुद्ध पहिलो खेलमा सन्दिपले ३० रन खर्चेर १ विकेट लिएका थिए। यस्तै लिगमा पहिलो पटक सन्दिपले लगातार ४ ओभर बलिंग पाएनन्। पाँचौ, सातौँ र नवौं ओभर बलिंग गरेपछि सन्दिपले स्पेल अन्त्य गर्न १४ औं ओभरमा बलिंग गरेका थिए। सन्दिपले बलिंग गरेको सबै खेलमा पुरै ४ ओभर बलिंग गरे।

लिगमा सन्दिपको बलिंग प्रदर्शन :-

११ खेलमा १० इनिंग बलिंग गर्दै १२ विकेट लिएका सन्दिप लिगको सर्वाधिक विकेटकर्ताको सूचीमा पाँचौ स्थानमा रहेका छन्। मुजिब उर् रहमान १६ विकेट सहित पहिलो स्थानमा रहेका छन्। इमरान ताहिर ( १५ विकेट ) दोश्रो, स्कट कग्लेजिन ( १४ विकेट ) तेश्रो , तथा केसरिक् विलियम्स ( १३ विकेट ) चौथो स्थानमा रहेका छन्।

पहिलो खेल Vs सेन्ट लुसिया : १ विकेट ( ४-०-२३-१ )

दोश्रो खेल Vs ट्रिनिबागो : १ विकेट ( ४-०-३०-१ )

तेश्रो खेल Vs गायना : २ विकेट ( ४-०-८-२ )

चौथो खेल Vs गायना : १ विकेट ( ४-०-२१-१ )

पाँचौ खेल Vs बार्बेडोस : २ विकेट ( ४-०-१६-२ )

छैठौं खेल Vs सेन्ट किट्स : २ विकेट ( ४-०-२७-२ )

सातौँ खेल Vs ट्रिनबागो : १ विकेट ( ४-०-२०-१ )

आठौँ खेल Vs सेन्ट किट्स : बलिंग गरेनन्

नवौं खेल Vs बार्बेडोस : १ विकेट ( ४-०-२६-१ )

दशौँ खेल Vs सेन्ट लुसिया : १ विकेट ( ४-०-२०-१ )

एघारौँ खेल Vs ट्रिनबागो : ० विकेट ( ४-०-२९-० )

https://wicketnepal.com/2nd-low-total-cpl-history-w20/

https://wicketnepal.com/cpl-t20-2nd-semi-mr-wn20/

https://wicketnepal.com/yuvraj-might-play-big-bash-wn20/

https://wicketnepal.com/10-players-ipl-orange-cap-wn20/

https://wicketnepal.com/ipl-orange-cap-9-players/

https://wicketnepal.com/pahilo-int-khelne-14-nepali-cricketer-wn20/

https://wicketnepal.com/nam-firta-liyeka-7-cricketer-wn20/

https://wicketnepal.com/ipl-steyn-speed-bowl-wn20/





थप समाचार

बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]