ग्लोबल टि-२० : ब्राम्पटन बिरुद्ध सन्दिप अन्तिम-११ मा

क्यानडामा जारि ग्लोबल टि-२० क्यानडा अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछानेले ब्राम्पटन वुल्भ्ससंगको खेल खेल्ने भएका छन्।

टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) खेल्न  सिंगापुरमा रहेका कारण पहिलो २ खेल गुमाएका सन्दिपलाई तेश्रो खेल हुने दिन क्यानडा पुगे पनि टिमले आराम दिएको थियो। ब्राम्पटन बिरुद्धको खेलमा भने सन्दिपलाई अन्तिम-११ मा मौका दिईएको छ।

नेपाली समय १०:१५ बजे सुरु हुने खेलमा टोरोन्टोले टस जितेर बलिंग गर्ने निर्णय गरेको छ। खेलको प्रत्यक्ष प्रशारण नेपालमा स्टारस्पोर्ट्स-२ ले गरिरहेको छ।

टोरोन्टोको अन्तिम – ११ : Brendon McCullum, Rodrigo Thomas, Moises Henriques, Yuvraj Singh (c), Heinrich Klaasen (wk), Ravinderpal Singh, Mark Montfort, Jeremy Gordon, Salman Nazar, Sandeep Lamichhane, Mitchell McClenaghan

ब्राम्पटनको अन्तिम – ११ : Lendl Simmons (wk), George Munsey, Colin Munro (c), Nitish Kumar, Babar Hayat, Shahid Afridi, Wahab Riaz, Cecil Pervez, Ish Sodhi, Abraash Khan, Nawab Singh

युभराज सिंह कप्तानीको टोरोन्टोले सन्दिपलाई ६० हजार डलरमा ड्राफ्टमार्फत टिममा लिएको थियो।

लिग अंकतालिकामा पाँचौ स्थानमा रहेको टोरोन्टोले ३ खेल खेल्दा १ जित र २ हार बेहोरेको छ त्यसैले आजको खेल जित्नु टिमको लागि महत्वपूर्ण रहेको छ। ब्राम्पटन भने ३ वटै खेलमा जितको साथ अंकतालिकामा शिर्षस्थानमा रहेको छ।

सन्दिपसंगै अर्का नेपाली क्रिकेटर सोमपाल कामि विन्नीपेग हक्सको लागि खेलीरहेपनि अन्तिम-११ मा हालसम्म मौका पाउन सकेका छैनन्।

 





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]