सन्दीप र दीपेन्द्रको टिम रोहितको टिमसँग पराजित

काठमाडौं । ग्लोबल टि-२० क्यानडामा नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भेनकुवर नाईट्स फेरी पनि पराजित भएको छ ।

भेनकुवर नेपालका कप्तान रोहित कुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्ससँग १९ रनले पराजित भएको हो ।

आइतबार बिहान भएको खेलमा टोरोन्टोले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको भेनकुवरले १८.५ ओभरमा अल आउट हुदै १ सय ८ रन मात्र बनायो ।

भेनकुवरका लागि रिचि बेरिङ्टनले ४४ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ५२ रन बनाए । रिजा हेनरिक्सले १७, दीपेन्द्र सिंह ऐरीले १३ र कप्तान उस्मान ख्वाजाले १० रन जोडे ।

टोरोन्टोका लागि रोमारियो शेफर्डले ३, मोहम्मद नवाजले २ तथा जोसेन बेहरानड्राफ्ट, जुनैद सिद्धिकी, साद विन जाफरले समान १ विकेट लिए ।

टोरोन्टोमा सम्मिलित नेपाली क्रिकेट टोलीका कप्तान रोहित भने यस खेलमा पनि बेन्चमा रहेका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टोरोन्टोले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।

टोरोन्टोका लागि रोस्टन चेसले सर्वाधिक २३ तथा आन्द्रेस गौस र जतिन्द्रपाल मथेरुले समान १९ रन जोडे । मोहम्मद नवाजले १४, निकोलस किर्तनले १३ तथा जोसेन बेहरानड्राफ्टले अविजित १२ रन जोडे ।

भेनकुवरका लागि मोहम्मद आमिरले ३, रिशिभ जोशी र हर्ष ठाकरले समान २ तथा डवेन प्रिटोरियस र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

सन्दीप र दीपेन्द्र आबद्ध भेनकुवरको अर्को खेल सोमबार रहेको छ । रोहित सम्मिलित टोरोन्टोको खेल भने मंगलबार रहेको छ ।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]