सन्दिपले इतिहास रच्दा नेपाललाई १७८ को लक्ष्य

Sandeep Lamichhane
  • विकेटनेपाल – २९ माघ, सोमबार

आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालले केन्या बिरुद्द आफ्नो चौथो खेल खेल्दै छ। टस जित्दै पहिले बलिंग गरेको नेपाललाई केन्याले जितका लागि १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नामिबियामा पहिले ब्याटिंग गर्न उत्रिएको केन्याको टोलिले मझ्बुत सुरवात गरेको थियो। पहिलो विकेटका लागि दुई ओपनर ब्याट्सम्यानहरु इर्फान करिम र एलेक्स ओबान्डाले ६५ रनको साझेदारी गरेका थिए।

१६ औं ओभरको अन्तिम बलमा सन्दिप लामिछानेले एलेक्स ओबान्डालाई बोल्ड गरेसंगै केन्याको विकेट पतनको शिलसिला सुरु भएको थियो। ४६ बलमा ५ चौका सहित ओबान्डाले ४१ रन जोडेका थिए। तिन नम्बरमा ब्याटिंग गर्न आएका धीरेन गोन्डारीया पनि धेरै समय टिक्न सकेनन्। उनलाई पनि सन्दिपले ४ रन जोड्दा दिपेन्द्र ऐरीको हातबाट क्याच आउट गराएका थिए।

त्यसपछि भने केन्याले साझेदारी बनाउने प्रयास गरेको थियो। तेस्रो विकेटका लागि इर्फान करिम र कोलिन्स ओब्यूयाले ३२ रन जोडेपनि त्यसलाई ठुलो स्कोरमा परिणत गर्न सकेका थिएनन्। बसन्त रेग्मीले इर्फान करिम (४२)लाई ज्ञानेन्द्र मल्लबाट स्टाम्प आउट गरऊँदा केन्याको स्कोर १०३/३ रहेको थियो।

कोलिन्स ओब्युयालाई साथ् दिन ब्याटिंगमा आएका राकिप पटेल र आरएन पटेललाई लगातार दुई बलमा आउट गर्दै सन्दिपले खेलमा नेपालको पल्ला भारि बनाएका थिए। पटेल दाजु-भाइ पभेलीयन फर्किएको २५ रन पछि केन्याको स्कोर १२९ रनहुँदा कोलिन्स ओब्युया (२७) पनि आउट हुनपुगे। उनि सोमपाल कामीको बलमा क्लिन बोल्ड भएका थिए।

केन्याको पछिल्लो क्रमका दुई ब्याट्सम्यानहरु गुर्दिप सिंह र नेहेमिया ओडीयाम्बोपनि चाडैनै आउट भएका थिए। उनिहरु क्रमश २ रन र ७ रन जोड्दा शरद भेसवाकर र सन्दिप लामिछानेको शिकार भएका थिए।

तर अन्त्यमा शेम नेगोचे र नेल्सन ओडीयाम्बोले केहि ठुला शट प्रहार गर्दै केन्याको स्कोरलाई १७७ रन सम्म पुर्याए। नेल्सनले ५७ बलमा २४ रनको योगदान गर्दा नेगोचेभने १५ बलमा १ चौका र २ छक्का सहित २३ रनमा अविजित रहे।

सन्दिपको स्पिन नबुझ्दा केन्या जवाफबिहिन

नेपालको बलिंगमा नेपाली शेन वार्न सन्दिप लामिछानेले ५ विकेट हात पारे। आफ्नो १० ओभरको स्पेलमा सन्दिपले ५ मेडन सहित २० रन खर्चेर ५ विकेट हात पारे। यो सन्दिपको लिस्ट ए क्रिकेटमा पहिलो पाँच विकेट समेत हो।

योसंगै उनि लिस्ट ए क्रिकेटमा ५ विकेट लिने तेस्रो नेपालि बलर बनेका छन्। यसअघि सोमपाल कामी र करन केसीले यो उचाई हासिंल गरेका थिए। सन्दिपको यो बलिंग फिगर (५/२०) लिस्ट ए क्रिकेटमा नेपालि बलरको सबै भन्दा राम्रो प्रदर्शन समेत हो।

यस्तै नेपालको बलिंगमा सोमपाल कामी, बसन्त रेग्मी र शरद भेसवाकरले समान १-१ विकेट हात पारे।

खेलका तस्बिरहरु :

 





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]