बिग ब्यासमा सन्दिपको सनसनी, टिम भने पराजित

Sandeep Lamichhane

अष्ट्रेलियामा जारी घरेलु टि-२० क्रिकेट प्रतियोगिता बिग ब्यास लिग अन्तर्गत सन्दिपले आफ्नो दोस्रो खेलमा समेत स्पिनको जादु छरेका छन्।   ग्लेन म्याक्स्वेलको कप्तानीमा रहेको मेलबर्न स्टार्सका लागि खेल्ने क्रममा सन्दिपले होबार्ट हरिकेन्स बिरुद्ध ३ विकेट चट्काए।

पहिलो ब्याटिंग गर्दै मेलबर्नले दिएको १५६ रनको लक्ष्य होबार्टले १८.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। उसको जितमा कप्तान मेथ्यु वेडले सर्वाधिक ५२ तथा डार्सी सटले ३४ रनको योगदान गरे।

मेलबर्नको बलिंगतर्फ सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट तथा स्कट बोल्याण्डले १ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन्। सन्दिप र बोल्याण्ड बाहेक अन्य बलरहरु मेलबर्नका लागि असफल साबित बन्द होबार्टले सहज जित दर्ता गर्न सफल भयो।

यसअघि टस हारेर ब्याटिंगको निम्तो पाएको मेलबर्नले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५५ रन जोडेको थियो। उसको इनिंगमा कप्तान म्याक्स्वेलले सर्वाधिक ४७, निक लार्किनले ४५ तथा मार्क्स स्टोईनिशले अविजित २२ रन जोडेका थिए।

होबार्टको बलिंगतर्फ जोफ्रा आर्चरले सर्वाधिक ३ तथा डार्सी सटले २ विकेट हात पारेका थिए।

यस्तो थियो सन्दिपको ४ ओभर :

खेलको सातौँ ओभरमा आफ्नो व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले तेस्रो बलमा नै ब्रुस डुलानलाई आफ्नो गुग्लीमा बोल्ड गरेका थिए। सन्दिपको सो ओभरमा मात्र ५ रन जोड्न सकेको होबार्टले १ विकेट समेत गुमायो।

लगातार आफ्नो दोस्रो ओभर बलिंग गर्न खेलको नवौं ओभर लिएर आएका सन्दिपले सो ओभरमा ७ रन खर्चिए। ओभरको पाँचौ बलमा मेथ्यु वेडले लेग स्टम्प भन्दा बाहिरको बललाई चौका प्रहार गर्न बाहेक अन्य बलमा सन्दिपले होबार्टका ब्याट्सम्यानलाई सजिलै रन बनाउने मौका दिएनन्।

दुई ओभरको पहिलो स्पेल पश्चात आफ्नो दोस्रो स्पेल लिएर खेलको चौधौं ओभर बलिंग गरेका सन्दिपले दोस्रो बलमानै ५२ रन बनाएका मेथ्यु वेडलाई पभेलियन फर्काए। लेग स्पिन बललाई स्विप गर्ने चक्करमा वेड एडाम जाम्पाको हातबाट क्याच आउट भएका थिए। सोहि ओभरको पाँचौ बलमा बेन मेकडरम्टले सन्दिपको बलमा छक्का समेत हिर्काए।

खेलको सोह्रौं ओभरमा आफ्नो चौथो तथा अन्तिम ओभर बलिंग गरेका सन्दिपले पहिलो बलमानै बेन मेकडरम्टलाई एल बि डब्लु धरापमा पारे। आफ्नो ४ ओभरको स्पेलमा सन्दिपले २४ रन खर्चिएर ३ विकेट आफ्नो नाम गर्न सफल रहे।

Sandeep Lamichhane
Sandeep Lamichhane

सन्दिपको सानदार प्रदर्शनका बाबजुद मेलबर्न स्टार्सले खेलभने ६ विकेटले गुमाउन पुग्यो।

लिग अन्तर्गत पहिलो खेलमा शुक्रबार मेलबर्नले शेन वाटसन कप्तानीको सिड्नी थन्डर्ससंग हार बेहोरेको थियो। खेलमा सन्दिप लामिछानेले २ विकेट लिंदै राम्रो सुरुवात गरेका थिए। खेलमा पहिले ब्याटिंग गरेको सिड्नीले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा वर्षा भएपछि दोश्रो इनिंगमा मेलबर्नले ८ ओभरमा ९० रनको लक्ष्य पाएको थियो। ८ ओभरमा मेलबर्नले ६ विकेट गुमाएर ७४ रन मात्रै बनाउन सक्यो र १५ रनको ( डीएलएस मेथड ) हार बेहोर्यो।

बिग ब्यासको पहिलो खेलमै सन्दिपले सानदार सुरुवात गर्ने क्रममा शेन वाटसन र क्यालम फर्गुसनको विकेट लिएका थिए। खेलको आठौँ ओभरमा बलिङ्ग गर्न पाएका सन्दिपले एकै ओभरमा २ विकेट लिए।

बिग ब्यास डेब्युको दोश्रो बलमै विकेट लिने क्रममा वाटसनलाई सन्दिपले गुग्लि गर्दै क्याच आउट गराएका थिए। ठुलो सट हिर्काउने क्रममा उनि लंग-अनमा समातिन पुगेका थिए। सन्दिप त्यतिमा रोकिएनन् र त्यसै ओभरमा दोश्रो विकेट लिने क्रममा अर्का क्रिजमा जमीसकेका अर्का अस्ट्रेलियन राष्ट्रिय क्रिकेटर क्यालम फर्गुसनलाई क्याच आउट गराए। फर्गुसनले सन्दिपको बललाई रोक्न रोक्न खोज्दा लिडिंग एज लागेको थियो।

सन्दिप – रासिद खान र इम्रान ताहिरको मिश्रण :

होबार्ट हरिकेन्स र मेलबर्न स्टार्सको खेलका क्रममा सन्दिपलाई राशिद खान र इम्रान ताहिरको मिश्रणका रुपमा संज्ञा दिइयो। खेलको प्रत्यक्ष प्रसारण गरेको फक्स क्रिकेट च्यानलमा कमेन्ट्रि गर्ने क्रममा पुर्व अष्ट्रेलियन महिला क्रिकेटर मिल जोन्सले सन्दिपलाई उनको विकेट सेलिब्रेसन् पछि रशिद खानको जस्तो रनअप र इम्रान ताहिरको जस्तो सेलिब्रेसन रहेको भन्दै सन्दिप दुई लेग स्पिनरको मिश्रण रहेको बताएकी थिइन्।





थप समाचार

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । शनिबारबाट काठमाडौंमा सुरु हुने वेस्ट इन्डिज ए विरुद्ध को पाँच खेलको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको […]

गुजरातमाथि दिल्लीको रोमान्चक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । घरेलु […]

दिल्लीले गुजरातलाई दियो २२५ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई जितका लागि २ सय २५ […]

आइपीएल : दिल्ली र गुजरात भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुदै छ । दिल्लीको घरेलु मैदान […]

स्टोईनेसको शतकमा चेन्नईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ३९ औं खेलमा मार्कस स्टोईनेसको शतक सहयोगमा चेन्नई सुपर किंग्समाथि लखनाउ […]

गायकवाडको शतकमा लखनाउलाई २११ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ३९ औं खेलमा कप्तान ऋतुराज गायकवाडको शतकको सहयोगमा चेन्नई सुपर किंग्सले […]