शानदार रह्यो सिपिएलमा सन्दिपको प्रदर्शन

Sandeep Lamichhane
  • विकेटनेपाल – ११ भदौ, सोमबार

सन्दिप लामिछानेको नाम विश्व क्रिकेटमा पछिल्लो समय उचाइमा पुगेको छ। यसको कारण समेत उनले गर्दै आएको प्रदर्शननै हो। सन् २०१६ मा बंगलादेशमा सम्पन्न यु-१९ विश्वकपबाट सुरुभएको सन्दिपको सफलताको कथा अझै यथावत छ।

आफ्नो लेग स्पिनको कठिन कलाले विश्व क्रिकेटकै उत्कृस्ट ब्याट्सम्यानहरुलाई सन्दिपले चक्मा दिइसकेका छन्। दिल्ली डेयरडेभिल्सको प्रतिनिधित्व गर्दै इन्डियन प्रिमियर लिगमा आफ्नो सटिक लेग स्पिनको प्रदर्शन गरेका सन्दिपको सन्दिपको जादु जमैकन भूमिमा आयोजित क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा समेत चल्यो।

क्रिस गेल कप्तानीको टोलि सेन्ट किट्स एण्ड नेभिस प्याट्रीयट्सले सन्दिपलाई ड्राफ्ट मार्फत ५००० अमेरिकी डलरमा आफ्नो टोलीमा लिएको थियो। यध्यपी आईपिएलमा दिल्लीका लागि अन्तिमको ३ खेलमात्र खेल्न पाएका सन्दिपले प्याट्रीयट्सको सुरुवारी ११ मा स्थान बनाउने हुन् वा होइनन् भन्ने चिन्ता सबैमा थियो। तर सन्दिपको टोलीले सुरुवातमानै नेपाली गुग्ली बोइमा आफ्नो विश्वास देखायो र सो बिश्वासलाई सन्दिपले पूर्ति समेत गरे।

नेपालले अगस्ट २९ तारिखदेखि मलेसियामा आयोजना हुने एसिया कप छनौट प्रतियोगिता खेल्न जाने भएकाले अगस्ट २६ तारिखसम्म मात्र टिमको हिस्सा बन्न पाए।

यस अवधिमा उनले टोलीका लागि ५ खेल्दै ६.२३ को रन औसत खर्चिएर ७ विकेट लिन सफल रहे। सिपिएलमा समेत केहि ठूला नामहरुलाई आफ्नो पोल्टामा पार्ने क्रममा उनले सेन्ट लुसिया स्टार्स बिरुद्धको खेलमा डेभिड वार्नरलाई पभेलियनको बाटो देखाएका थिए।

Sandeep Lamichhane
Sandeep Lamichhane

शानदार बलिंग

मात्र ५ खेलेपनि सन्दिप प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा ७ विकेट सहित ७ औं स्थानमा रहेका छन्। यस्तै सर्वाधिक कम रन खर्चिने सुचिमा समेत सन्दिप ५ औं स्थानमा रहेका छन्। उनले खेलेका ५ खेलमा १७ ओभर बलिंग गर्दै ६.२३ को न्यून औसतमा रन खर्चिएका छन्। यस्तै १५.१४ को बलिंग औसतमा विकेट चट्काएका सन्दिप उत्कृस्ट बलिंग औसतको सुचिमा चौथो स्थानमा रहेका छन्। यस्तै उत्कृस्ट बलिंग स्ट्राइक रेटको सुचिमा भने सन्दिप १४.५ को स्ट्राइक रेट सहित १० औं स्थानमा रहेका छन्।

यस्तो रह्यो सिपिएलमा सन्दिपको प्रदर्शन : 

पहिलो खेल : vs गुएना एमाजोन वारियर्स – लिगको पहिलो खेलमा सन्दिपले उत्कृस्ट बलिङ्ग प्रदर्शन गरे। गुएना एमाजोन वारियर्स बिरुद्धको लिगको पहिलो खेलमा उनले ४ ओभरमा मात्र १२ रन खर्चेर २ विकेट लिंदै पहिलो खेलमै सबैलाई प्रभावित बनाएका थिए। सो खेलमा उनले ओपनर चाडविक वाल्टन र जेसन मोहम्मदको विकेट लिएका थिए। सन्दिपको प्रदर्शनको बाबजुत सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सले भने ६ विकेटको हार बेहोरेको थियो।

Sandeep Lamichhane
Sandeep Lamichhane

पहिलो ओभर –  W 1 0 1 0 1 / दोश्रो ओभर – 0 0 0 0 1 0 / तेश्रो ओभर – 0 2 1 1 0 0 / चौथो ओभर – 1 W 1 0 1 1

दोस्रो खेल : vs ट्रिन्बागो नाइटराइडर्स – प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा पनि सन्दिप लामिछानेले उत्कृस्ट बलिङ्ग प्रदर्शन गरे। सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सको लागि ट्रीन्बागो नाइट राइडर्स बिरुद्ध जित दिलाउने क्रममा पुनः किफायती बलिङ्ग गर्दै सन्दिपले ३ ओभरमा १७ रन खर्चेर १ विकेट लिएका थिए। चौथो ओभरमा बलिङ्ग गर्न आएका सन्दिपले लगातार ३ बलमा रन दिएका थिएनन् र जसपछि दबाबमा आएका क्रिस लिनलाई गुग्लिमा गर्दै बोल्ड गर्दौ सफलता हात पारेका थिए। ब्रेण्डन म्याकलम, कोलिन मुन्रो, क्रिस लिन, दिनेश रामदिन, डेरेन ब्राभोजस्ता ब्याट्सम्यान भएको टोलीको बिपक्षमा समेत सन्दिपले उत्कृस्ट प्रदर्शन गर्न सफल रहेका थिए।

पहिलो ओभर – 0 0 0 W 0 0 / दोस्रो ओभर – 0 1 1 1 0 0 / तेस्रो ओभर – 1 1 6 4 1 1

तेस्रो खेल : vs जमैका तल्लावाह – जमैका तल्लावाससंगको तेस्रो खेलमा नेपाली गुग्लि ब्वाईले पुनः किफायती बलिङ्ग गर्दै २ विकेट लिए।सन्दिपले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए पनि उनको टिम सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सले भने हार बेहोरेको थियो। खेलमा पाँचौ ओभरमा व्यक्तिगत पहिलो ओभर बलिङ्ग गर्न आएका सन्दिपले पहिलो ओभरमा महँगो साबित हुने क्रममा १० रन खर्चिएका थिए जुन क्रममा केन्वर लुइसले मिड विकेटमा छक्का प्रहार गरेका थिए। त्यसपछि पनि लगातार स्पेल जारि राखेका सन्दिपको दोश्रो ओभरको पहिलो बलमै लूइसले सन्दिपको स्वागत छक्काबाट गरेका थिए। तर सन्दिपले लूइसको २ छक्काको बदला लिन लगत्तैको बलमा लूइसलाई टम कुपरको हातबाट लंग-अफमा क्याच आउट गराए। उनि त्यतिमै रोकिएनन् र पुनः चौथो बलमा आन्द्रे म्याकार्थीलाई एलबिडब्लु धरापमा पार्दै एकै ओभरमा दोश्रो विकेट समेत लिएक थिए। पहिलो २ ओभरमा १७ रन दिएर २ विकेट लिएका सन्दिपले त्यसपछि खेलको १३ औं ओभरमा आफ्नो तेश्रो ओभर बलिङ्ग गर्दै मात्र १ रन खर्चिए भने चौथो ओभरमा पनि मात्र ३ रन खर्चेर आफ्नो स्पेल पुरा गरेका थिए।

पहिलो ओभर – 0 1 6 1 2 0 / दोस्रो ओभर – 6 W 1 W 1lb 0 / तेस्रो ओभर – 0 0 0 1 0 0 / चौथो ओभर – 0 2 0 0 1 0

चौथो खेल : vs सेन्ट लुसिया स्टार्स – क्यारेबियन प्रिमियर लिग टि-२० अन्तर्गत सन्दिप लामिछानेले आफ्नो उत्कृस्ट लयलाई जारि राख्ने क्रममा तेस्रो खेलमा चर्चित क्रिकेटर डेभिड वार्नरको विकेट लिएका थिए। सन्दिपको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सले काइरन पोलार्ड कप्तानीको सेन्ट लुसिया स्टार्सलाई ७ विकेटले पराजित गर्दा नेपाली लेग स्पिनरले २ ओभरमा मात्र १३ रन खर्चेर २ विकेट लिए। खेलको नवौं ओभरमा बलिङ्गमा आएका सन्दिपले तेश्रो बलमा वार्नरलाई कभरमा कटिंगको हातबाट क्याच आउट गरेका थिए। सन्दिपले फालेको गुगलीमा वार्नरले इनसाइड-आउट सट खेलेका थिए जुन डिप-कभरमा रहेका फिल्डर बेन कटिंगले दगुरेर कभरमा आएर समातेका थिए। पहिलो ओभरको अन्तिम बलमा कैस अहमदले सन्दिपलाई छक्का प्रहार गरे जसपछि पुनः खेलको १२ औं ओभरमा बलिंग गर्न आएका सन्दिपले छक्काको बदला कैसलाई ओभरको चौथो बलमा स्टम्पिङ्ग गराउदै लिएका थिए।

पहिलो ओभर – 2b 0 W 0 0 6 / दोस्रो ओभर – 0 1 0 W W(Run Out) 6

पाँचौ खेल : vs बार्बाडोस ट्रिडेन्टस – लिगमा उत्कृस्ट लयमा देखिएका सन्दिप लामिछाने आफ्नो अन्तिम खेलमा भने महँगो साबित भए। सेन्ट किट्स एण्ड नेभिस प्याट्रीयट्सले बार्बाडोस ट्रिडेन्टसलाई ६ विकेटले पराजित गर्दा सन्दिपले भने आफ्नो ४ ओभरको स्पेलमा बिना विकेट ४३ रन खर्चिएका थिए। इनिंगको छैठौँ ओभरमा आफ्नो व्यक्तिगत पहिलो ओभर बलिंग गर्न आएका सन्दिपले सो ओभरमा ८ रन खर्चिएका थिए। ओपनर ब्याट्सम्यान ड्वेन स्मिथले सन्दिपको ओभरको पाँचौ बललाई स्विप सट खेल्दै ४ रन प्रहार गरेका थिए।

त्यसपश्चात ९ औं ओभरमा आफ्नो दोस्रो ओभर बलिंग गर्न आएका सन्दिपले सो ओभरमा ७ रन खर्चिंदा, ओभरको अन्तिम बलमा होल्डरले सन्दिपको बललाई मिड-विकेटमाथि बाट ६ रनको लागि प्रहार गरे। पहिलो दुई ओभरमा १५ रन खर्चिएका सन्दिपले टोलीको १२औं ओभर बलिंग गर्दै सो ओभरमा १७ रन खर्चिए। सो ओभरमा शे होपले सन्दिपलाई एक चौका र एक छक्काको लागि प्रहार गर्दा होल्डरले समेत १ चौका प्रहार गरे। आफ्नो कोटाको अन्तिम ओभर गर्न इनिंगको १६ औं ओभरमा आएका सन्दिप पुन: महँगो साबित हुँदै ११ रन खर्चिए। ओभरको ५औं बलमा शे होपले लंग अनको माथिबाट छक्का प्रहार गरेपनि अन्तिम बलमा सन्दिपले विकेट लिने मौका गुमाएका थिए। शे होपले प्रहार गरेको सट क्याच आउट हुनबाट जोगिंदा सन्दिपले विकेटको मौका गुमाए।

पहिलो ओभर – 1 1 0 1 4 1 / दोस्रो ओभर – 1 0 1L 0 0 6 / तेस्रो ओभर – 4 1 1 1 4 6 / चौथो ओभर – 0 1 2 1 6 1

सेन्ट किट्स एण्ड नेविस प्याट्रियट्स लिगको तालिकामा चौथो स्थानमा छ। यदी प्याट्रियट्सले सेप्टेम्बर ११ देखि हुने प्लेअफमा स्थान बनाउछ भने एसिया कप क्वालिफायर पछि सन्दिप पुनः वेस्ट इन्डिज फर्किनेछन्। एसिया कप छनौट प्रतियोगिताको फाइनल सेप्टेम्बर ६ तारिकमा रहेको छ भने नेपालले लिगको अन्तिम खेल हंगकंगसंग सेप्टेम्बर ४ तारिकमा खेल्नेछ। यस्तै प्याट्रियट्सले लिग चरणको अन्तिम खेल सेप्टेम्बर ४ तारिकमा खेल्नेछ। त्यसैले प्याट्रियट्स अंकतालिकामा चौथो स्थान भित्र रहँदै प्ले-अफ यात्रा तय गरेमा सन्दिप पुनः वेस्ट इन्डिज फर्किनेछन्।





थप समाचार

अदालतको फैसलालाई सम्मान गर्ने लामिछानेको भनाई, भिडियो सहित

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत […]

क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गरेको छ । […]

सन्दीपले पाए सफाई

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।

कोशीमाथि बागमतीको जित

काठमाडौं । जारी ललितपुर मेयर्स कपमा बिहिबारको दोस्रो खेलमा वागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । आफ्नो तेस्रो खेलमा […]

दीपेन्द्र एसोसिएटको शीर्ष स्थानमा कायमै

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी-२० आईको अलराउन्डर तर्फको वरियतामा एसोसिएट तर्फको शीर्ष स्थानमा कायमै रहेका छन् । अन्तर्राष्ट्रिय […]

ललितपुरलाई हराउँदै एपीएफ एक खेल अगाबै फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ । एक खेल अगाबै फाइनल […]