सन्दिप लामिछानेले आईपिएलमा डेब्यु गर्दै

  • विकेटनेपाल, बैशाख २९ – शनिबार

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा डेब्यु गर्ने भएका छन् ।

इन्डियन प्रिमियर लिगको एघारौँ संस्करण अन्तर्गतको ४५ औं खेलमा १७ बर्षीय लामिछानेले दिल्ली डेयरडेविल्सको तर्फबाट भारतीय टिमका समेत कप्तान रहेका विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेंजर्स बेंगलोरबिरुद्द खेल्दै डेब्यु गर्न लागेका हुन् ।

दिल्ली जारि प्रतियोगितामा ११ खेलमा मात्र ३ जित हात पार्दै ६ अंकका साथ अंकतालिकाको पुच्छारमा रहेको छ र उसको प्लेअफमा पुग्ने सम्भावना सकिएको छ ।

सन्दिपलाई दिल्लीले प्रतियोगिताअघि भएको अक्सनमा भारतीय मूल्य २० लाख रुपैयाँमा किनेको थियो ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy