सन्दिप आज फर्किदै

  • विकेटनेपाल, जेठ ८ – मंगलबार

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट सकेर सन्दिप लामिछाने आज अर्थात मंगलबार नेपाल फर्कंदैछन् ।

नेपाली रास्ट्रिय क्रिकेट टिमका टेक्निकल एनालिस्ट / ब्यबस्थापक रमण सिवाकोटीले दिएको जानकारी अनुसार सन्दिप जेट एयरवेजको बिमानबाट दिउँसो ४:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन ।

१७ बर्षीय युवा खेलाडी भारतमा जारि इन्डियन प्रिमियर लिग क्रिकेट खेल्न चैत्र १३ मा दिल्ली प्रस्थान गरेका थिए । त्यसपछि आफुलाई खरिद गरेको टिम दिल्ली डेयरडेभिल्ससँग करिब करिब २ महिना बिताएर उनि नेपाल फर्किन लागेका हुन् ।

२ महिना लामो भ्रमणमा उनले विश्व क्रिकेटमा राज गर्दै आएका खेलाडीहरुसँग खेल्ने मौका पाए भने विराट कोहली, एबी डी भिल्लियार्स, महेन्द्र सिंह धोनी, शेन वाट्सन, वेन कटिंग जस्ता खेलाडीहरुलाई बिपक्षीको रुपमा बलिंग गर्न समेत पाए ।

आफ्नो उत्कृस्ट खेल कौशलता देखाएका उनले टिमका लागि अन्तिम ३ खेल खेल्ने मौका पाएका थिए । उक्त क्रममा उनले भारतका कप्तान विराट कोहलीको टिमबिरुद्द डेब्यु खेल खेल्दै करिब १७ बर्ष अन्तर्राष्ट्रिय खेल खेलिसकेका पार्थिव पटेललाई आउट गरेका थिए भने ४ ओभर बलिंग गरेर मात्र २५ रन खर्चेका थिए ।

त्यस्तै पुर्व भारतीय कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपरकिंग्सबिरुद्द अझ उत्कृस्ट खेल पस्कँदै आइपिएल क्रिकेटमा दोश्रो सर्बाधिक रन बनाएका सुरेश रैनालाई सिकार बनाउनेक्रममा ४ ओभरमा मात्र २१ रन खर्चे ।

डेब्यु सिजनको अन्तिम खेललाई अविस्मरणीय बनाउनेक्रममा प्लेअफको संघारमा रहेको ३ पटकको बिजेता मुम्बई इन्डियन्स बिरुद्दको खेलमा ३६ रन खर्चिंदै केहि महँगो साबित भएपनि सुर्यकुमार यादव, काईरण पोलार्ड र क्रुनाल पान्ड्य जस्ता खतरनाक ब्याट्सम्यानलाई आउट गरेका थिए ।

आइपिएल क्रिकेटको ११ औं संस्करण सुरु हुनु अघि भएको अक्सनमा दिल्ली डेयरडेभिल्सले सन्दिप लामिछानेलाई भारतीय २० लाख रुपैयाँमा अनुबन्धन गरेको थियो ।

Sandeep Lamichhane

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy