सन्दिप सुनार चम्कदा जवहीको जित

२०७४ फाल्गुन ५, शनिबार १९:२१

फोटो फिचर : सन्दिप सुनार (जवही जितगढ़ी क्रिकेट क्लब, बुटवल)

  • विकेटनेपाल – ५ फाल्गुन, शनिवार

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शनिबार भएको खेलमा जवही जितगढी क्रिकेट क्लब बुटवलले जित हात पारेको छ।शनिवार सिद्धार्थ रंगशालामा भएको खेलमा जवही जितगढीले डिभिजन “बि” अन्तर्गतको खेलमा स्टार क्रिकेट क्लब पड्सरिलाई १५९ रनले पराजित गर्यो।

बिजयी टोलिले डिभिजन “ए” प्रवेशका लागि आउँदो फाल्गुन ८ गते प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब भैरहवासँग प्रतिस्पर्धा गर्ने छ।

टस जितेर पहिले ब्याटिङ गरेको जवही जितगढीले निर्धारित ४० ओभरको खेलमा ८ विकेटको क्षतिमा २ सय ५७ रन बनाएको थियो। उसका लागि सन्दिप सुनारले ७६, आकाश थापाले ४६, सुनिल क्षेत्रीले अविजित ३४ र संगम क्षेत्रीले २६ रनको योगदान दिएका थिए।

स्टारको बलिंग तर्फ शतिष मगरले ३ तथा रुपेश बश्याल र संदीप पाण्डेले समान २/२ विकेट हात पारेका थिए ।

जवाफमा २ सय ५८ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको स्टारले मात्र २८ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ९८ रन मात्र जोड्न सक्यो। त्यसको फलस्वरूप खेलको नतिजा १५९ रनले जवही जितगढ़ीको पोल्टामा पर्यो। स्टारको चेजमा राजु शाहनीले ३३, शतिष मगरले १८ र हेन्सी क्षेत्रीले १७ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो स्कोर बटुल्न नसक्दा टिमले हार खेप्न बाध्य भयो।

बलिङमा खेलका म्यान अफ द म्याच समेत रहेका स्टारका संदीप सुनारले ३ र नितेश थापाले २ विकेट लिए ।

आइतबार शंकरनगर क्रिकेट क्लब, शंकरनगर र लुम्बिनी कसाई क्रिकेट क्लब लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ। यी दुईबाट विजयी टिम डिभिजन ए मा प्रवेश गर्ने आयोजक संस्थाका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए।

जिल्लाका २१ क्लबको सहभागिता रहेको पर्तियोगिताको विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ। यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

फाल्गुन २६ सम्म चल्ने प्रतियोगितामा नेपाल टेलिकमले मुख्य प्रायोजन र बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले सहप्रायोजन गरेका छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy