सन्दिप लामिछाने विश्व-११ को टोलीबाट खेल्ने

Sandeep Lamichhane
  • विकेटनेपाल – २ जेष्ठ, बुधवार

स्टार लेग स्पिनर सन्दिप लामिछाने आइसीसी विश्व-११ बाट खेल्ने भएका छन् । यहि ३१ मे मा इंग्ल्याण्डको लर्ड्समा हुने वेस्ट इन्डिज बिरुद्दको टि-२० खेलका लागि सन्दिपलाई विश्व ११ को टोलिमा समावेश गरिएको हो ।

यसअघि सम्मिलित बंगलादेशका अल-राउण्डर शाकिब अल हसनले व्यक्तिगत कारण देखाउंदै आफ्नो नाम फिर्ता लिएपछि उनको स्थानमा सन्दिपलाई विश्व ११ को टोलिमा समावेश गरिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ट्वीटर मार्फत सन्दिपको सहभागिताको पुष्टि गरेको हो ।

सन् २०१७ को टि-२० विश्व कप बिजेता राष्ट्र वेस्ट इन्डिज र विश्व ११ बीच क्रिकेटको मक्का लर्ड्समा च्यारिटी खेल संचालन हुँदै छ । सो खेलको टिकट बिर्कीबाट उठेको पैसा क्यारेबियन क्षेत्रमा गत बर्षको आंधीहुरीले क्षति पुगेका मानिसको लागि खर्च हुनेछ । यसैबीच आइसीसी विश्व ११ को टोलीको कप्तानी इंग्ल्याण्डका राष्ट्रिय टोलिका कप्तान ओइएन मोर्गनले गर्ने निश्चित भैसकेको छ । विश्व ११ को टोलिमा
सन्दिपसंगै , हार्दिक पान्ड्या, दिनेश कार्तिक, ओएन मोर्गन, शहिद अफ्रिदी , शोएब मालिक, तमीम इक्बाल र थिसारा परेराको सहभागिता हुने यकिन भैसकेको छ ।

सन्दिप आइपिएल क्रिकेट खेल्ने पहिलो नेपालीसमेत हुन्

१७ बर्षीय लेग स्पिनर सन्दिप अन्डर – १९ तहबाट उदाएका खेलाडी हुन् । सन् २०१६ मा बंगलादेशमा सम्पन्न उन्नाइस बर्ष मुनिको विश्वकपमा सन्दिपले नेपाली टोलिको पहिलो पटक प्रतिनिधित्व गरेका थिए । त्यस प्रतियोगितामा उनले १६ विकेट चट्काएका थिए । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत नामिबिया बिरुद्दको खेलबाट सिनियर टोलिमा डेब्यु गरेयता सन्दिप टोलिको महत्वपूर्ण अंग बनिसकेका छन् । लर्ड्स क्रिकेट मैदानमा सम्पन्न नेपाल र एमसीसी बिरुद्दको ऐतिहासिक खेलमा सन्दिपले नेपाली टोलिको प्रतिनिधित्व गर्दै १ विकेट समेत चट्काएका थिए ।

सन्दिप इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो नेपाली खेलाडी बनिसकेका छन् । दिल्ली डेयरडेभिल्सले सन्दिपलाई अक्सन मार्फत भारतीय मूल्य रु २० लाख मा आफ्नो टोलिमा अनुबन्धन गरेको थियो । उनले आइपिएल -११ को ४५ औं खेलमा रोयल च्यालेंजर्स बैंगलोर बिरुद्द डेब्यु समेत गरिसकेका छन् । यस्तै केहि महिना पछी वेस्ट इन्डिजमा आयोजनाहुने क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा समेत सन्दिपले सहभागिता जनाउदैछन् ।

 





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]