सिपिएलमा सन्दिप अन्तिम खेल खेल्दै

  • विकेटनेपाल, भदौ ९ – शनिबार

वेस्ट इन्डिजमा जारि क्यारेबियन प्रिमियर लिग टि-२० अन्तर्गत नेपाली युवा खेलाडी सन्दिप लामिछाने आफ्नो अन्तिम खेल खेल्दै छन्। आइतबार बिहान १:४५ (भोलि) मा सुरु हुने खेलमा उनको टिम सेन्ट किट्स एण्ड नेविस प्याट्रियट्सले जेसन होल्डर कप्तानीको बार्बाडोस ट्रिडेन्टसको सामना गर्नेछ।

क्रिस गेलको कप्तानीमा रहेको प्याट्रियट्सकोतर्फबाट खेलिरहेका लामिछानेले उत्कृस्ट प्रदर्शन गर्दै आएका छन्। लामिछाने उक्त खेलपछि २८ तारिखमा मलेसियामा पुग्ने कार्यक्रम रहेको छ। नेपाली क्रिकेट टिमले २९ तारिख देखि मलेसियामा आयोजना हुन लागेको एसिया कप छनौट प्रतियोगितामा सहभागिता जनाउने छ।

सेन्ट किट्स एण्ड नेविस प्याट्रियट्स लिगको तालिकामा चौथो स्थानमा छ। यदी प्याट्रियट्सले सेप्टेम्बर ११ देखि हुने प्लेअफमा स्थान बनाउछ भने एसिया कप क्वालिफायर पछि सन्दिप पुनः वेस्ट इन्डिज फर्किनेछन्। एसिया कप छनौट प्रतियोगिताको फाइनल सेप्टेम्बर ६ तारिकमा रहेको छ भने नेपालले लिगको अन्तिम खेल हंगकंगसंग सेप्टेम्बर ४ तारिकमा खेल्नेछ। यस्तै प्याट्रियट्सले लिग चरणको अन्तिम खेल सेप्टेम्बर ४ तारिकमा खेल्नेछ। त्यसैले प्याट्रियट्स अंकतालिकामा चौथो स्थान भित्र रहँदै प्ले-अफ यात्रा तय गरेमा सन्दिप पुनः वेस्ट इन्डिज फर्किनेछन्।

Sandeep Lamichhane
Sandeep Lamichhane

क्यारेबियन प्रिमियर लिगमा सन्दिपले अहिलेसम्म खेलेको ४ खेलमा ७ विकेट लिईसकेका छन् जुन क्रममा कुल १३ ओभर बलिङ्ग गर्दै ४.८४ को इकोनोमी, ९.०० को औशत र ११.१ को स्ट्राइक रेटले बलिङ्ग गरेका छन्। उत्कृस्ट फर्मलाई जारि राख्ने क्रममा गुग्लि ब्वाई धेरै विकेट लिने सुचीमा पाँचौ स्थानमा छन्। पहिलो स्थानमा सेन्ट लुसियाका बलर आन्द्रे रसेल ६ खेलमा ११ विकेट सहित छन्।

सन्दिपको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रिएट्समा टि-२० क्रिकेटका बादशाह क्रिस गेल सहित इभिन लुइस, बेन कटिंग, कार्लोस ब्राथवेट,महमदुल्लाह जस्ता खेलाडीहरु रहेका छन्।
क्यारेबियन प्रिमियर लिगको यही बर्ष मार्चमा सम्पन्न ड्राफ्टमा सन्दिपलाई पेट्रियट्सले ५ हजार अमेरिकी डलरमा खरिद गरेको थियो जसपछि क्यारेबियन प्रिमियर लिग खेल्ने पहिलो नेपाली भएका थिए। मे महिनामा सम्पन्न इन्डियन प्रिमियर लिगमा नेपाली लेग स्पिनरले ३ खेलमा ५ विकेट लिएर उत्कृस्ट बलिङ्ग गरेका थिए बने त्यसपछि क्यानडामा गत महिना सम्पन्न टि-२० ग्लोबलमा समेत ५ खेलमा ८ विकेट लिएर राम्रो प्रदर्शन गरेका थिए। आईपीएल र ग्लोबल टि-२० क्यानडामा राम्रो प्रदर्शन पछि सन्दिपको प्रदर्शनको धेरैलाई चासो रहेको छ।

 

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy