विश्वकपमा सहभागी हुन सन्दीप वेस्ट इन्डिजमा

२०८१ जेष्ठ २८, सोमबार ०८:२५

Sandeep Lamichhane

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको नवौं संस्करणको टी-२० विश्वकपमा सहभागी हुन नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने वेस्ट इन्डिज पुगिसकेका छन् ।

लामिछानेले सामाजिक संजालमा एक पोस्ट गर्दै आफु वेस्ट इन्डिज पुगिसकेको जानकारी गराएका हुन् ।

सन्दीपले पोस्टमा नेपाल क्रिकेट संघ (क्यान) लगायतका सम्पुर्ण निकाय तथा व्यक्तिहरुलाई यस प्रकृयामा आफुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।

नेपालले वेस्ट इन्डिजमा विश्वकपका दुई खेलहरु खेल्नेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy