सन्दीप टिममा फर्कदा सागर बेन्चमा

काठमाडौं । दक्षिण अफ्रिकासँगको खेलमा लामो समय पछि सन्दीप लामिछाने टिममा फर्किएका छन् ।

लामिछाने टोलीमा फर्कदा गत खेलमा खेलेका सागर ढकाल भने बेन्चमा रहेका छन् ।

नेपालले दक्षिण अफ्रिकाविरुद्ध टस जितेको छ ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका छन् ।

नेपालको प्लेईङ-११

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल शाह, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनास बोहरा

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy