संघर्ष र आकाश चम्किदा चितवनलाई उपाधि

काठमाडौँलाई १९३ रनको विशाल अन्तरले पराजित गर्दै चितवनले प्रधानमन्त्री कप बागमती प्रदेश पुरुष छनोट प्रतियोगिताको उपाधि जितेको छ।

मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले दिएको २६१ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँले २५.४ ओभरमा सबै विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो।

काठमाडौँको ब्याटिंगमा रजत तिमल्सिनाले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। चितवनले दिएको १७ अतिरिक्त रन काठमाडौँको योगफलमा सर्वाधिक योगदान थियो।

चितवनको बलिंगमा संघर्ष पौडेल एक्लैले ५ विकेट लिए जुन क्रममा ८ ओभरमा २ मेडन ओभर गर्दै २५ रन मात्र खर्चिए। यस क्रममा उनले इशान पाण्डे, बिभात्सु थापा, बिपिन बिक्रम शाही जस्ता मुख्य ब्याट्सम्यानको विकेट लिए। यस्तै दिपेश श्रेष्ठले २ विकेट लिने क्रममा ५ ओभरमा ३ मेडन ओभर गर्दै मात्र ३ रन खर्चिए। दिवस आचार्य र दानिश इकबालले समान १ विकेट लिए।

चितवनका कप्तान संगर्ष पौडेल विजेता ट्रफी ग्रहण गर्दै

काठमाडौँले पहिलो ७ विकेट २९ रनको योगफलमा गुमाएको थियो। आठौँ विकेटको लागि रजतले चन्द्र कुमार बुढासंग २८ रनको साझेदारी गर्दै झनै लज्जास्पद योगफलमा समेटिनबाट काठमाडौँलाई जोगाएका थिए।

यस अघि टस हारेर ब्याटिंग गरेको चितवनले निर्धारित ४० ओभरमा ६ विकेट नोक्सानीमा २६० रन बनाएको थियो।

चितवनको लागि ओपनर आकाश थापाले शतकीय योगदान दिए। उनले ११९ बलमा १४ चौका र ५ छक्का मद्दतले १३६ रन बनाए। आकाशले रोबिन शर्मासंग ४९ रनको ओपनिंग साझेदारी गरे भने दोश्रो विकेटको लागि अजित भण्डारीसंग ४५ रनको, तेश्रो विकेटको लागि गौतम केसीसंग ५५ रनको, चौथो विकेटको लागि दिपेश श्रेष्ठसंग ४२ रनको तथा पाँचौ विकेटको लागि प्रतिक श्रेष्ठसंग ५२ रनको साझेदारी गरे। आकाशलाई इशान पाण्डेले रन आउट गरे। गौतम केसीले ३२ रन, प्रतिक श्रेष्ठले २५, रोबिन शर्माले २४, दिपेश श्रेष्ठले १९, अजित भण्डारीले १६ रन बनाए।

काठमाडौँको बलिंगमा चन्द्र कुमार बुढा, सुमन उदय, सन्जम रेग्मी र अरियो पौडेलले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच चितवनका संघर्ष पौडेल चुनिए।

शतक प्रहार गरेका ब्याट्सम्यान आकाश थापा
उपविजेता काठमाडौँ जिल्ला टिम




थप समाचार

स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टाेलीमा अनुबन्ध गरेकाे छ । […]

काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सुरु

मंगलबार बालुवाटारस्थित क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) मा सम्पन्न पहिलो दिनको छनोटमा उल्लेखनिय खेलाडीको सहभागिता थियो । काठमान्डौंका प्रमुख कार्यकारी अधिकृत […]

सुदूरपश्चिम रोयल्सको एन्थम र जर्सी सार्वजनिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मंगलवार जर्सी र टिम एन्थम सार्वजनिक गरेको छ । टोलीका‌ मालिक स्वतन्त्र […]

विराटनगर किंग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम मंगलबार झापामा सम्पन्न भएको छ । टिमले कोशी प्रदेशका […]

पुजाको अलराउण्ड प्रदर्शनमा नेपालको जित

काठमाडौं । युएईमा जारी महिला यु १९ टि २० विश्वकप एसिया छनोटमा कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले कुवेतलाई पराजित […]

यु-१९ विश्वकप छनोटको पाँचौ खेलमा नेपाल कुवेतसँग खेल्दै

काठमाडौं । युएईमा जारी महिला यु-१९ टि-२० विश्वकपको एसिया छनोटमा नेपालले पाँचौं खेलमा कुवेतको सामना गर्दैछ । खेल युएईको अजमानमा […]