लुम्बिनी प्रदेश क्रिकेट संघको अध्यक्षमा संजय गुरुङ निर्विरोध

नेपाल क्रिकेट संघ, लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन तथा वार्षिक साधारणसभा सोमबार नवलपरासीमा सम्पन्न भएको छ ।

अधिवेशनले रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङलाई प्रदेश अध्यक्षमा निर्विरोध चयन गरेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुटीपिपल निवासी गुरुङ विगत लामो समयदेखि क्रिकेट क्षेत्रको विकासमा योगदान पुर्याउँदै आएका छन् ।

५४ वर्षीय गुरुङ पूर्व राष्ट्रिय क्रिकेटर तथा अन्तर्राष्ट्रिय अम्पायर समेत हुन्। सन् १९९६ मा नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो पटक मलेसियामा अन्तर्राष्ट्रिय प्रतियोगिता एसीसी ट्रफीमा सहभागिता जनाउद गुरुङ पनि टिमको सदस्य थिए। यस्तै उनि नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलाउने चौंथो अम्पायर समेत हुन्। उनले एउटा एकदिवसीय अन्तर्राष्ट्रिय तथा एघारवटा टि-ट्वान्टी अन्तर्राष्ट्रियमा अम्पायरको भूमिका निभाइसकेका छन्।

सर्वसम्मत रुपमा चयन भएको प्रादेशिक क्रिकेट संघको उपाध्यक्षमा बर्दियाका बिनय राजभण्डारी, सचिवमा दाङका कैलाश कुमार रोका र कोषाध्यक्षमा पाल्पाका राजेश श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसै गरी सदस्यहरुमा दाङका बालकृष्ण खत्री, बर्दियाका सुभाष तिमिल्सैना, रुपन्देहीका प्रथम पराजुली र धिरज अधिकारी क्षेत्री, बाँकेका दुर्ग बहादुर थापा मगर र मेराज अन्सारी, कपिलवस्तुका माया ज्ञवाली र पदमराज श्रेष्ठ तथा नवलपरासीका अनिश कुँवर निर्वाचित भएका छन् ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy