लुम्बिनी प्रदेश क्रिकेट संघको अध्यक्षमा संजय गुरुङ निर्विरोध

Sanjay gurung

नेपाल क्रिकेट संघ, लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन तथा वार्षिक साधारणसभा सोमबार नवलपरासीमा सम्पन्न भएको छ ।

अधिवेशनले रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङलाई प्रदेश अध्यक्षमा निर्विरोध चयन गरेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुटीपिपल निवासी गुरुङ विगत लामो समयदेखि क्रिकेट क्षेत्रको विकासमा योगदान पुर्याउँदै आएका छन् ।

५४ वर्षीय गुरुङ पूर्व राष्ट्रिय क्रिकेटर तथा अन्तर्राष्ट्रिय अम्पायर समेत हुन्। सन् १९९६ मा नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो पटक मलेसियामा अन्तर्राष्ट्रिय प्रतियोगिता एसीसी ट्रफीमा सहभागिता जनाउद गुरुङ पनि टिमको सदस्य थिए। यस्तै उनि नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलाउने चौंथो अम्पायर समेत हुन्। उनले एउटा एकदिवसीय अन्तर्राष्ट्रिय तथा एघारवटा टि-ट्वान्टी अन्तर्राष्ट्रियमा अम्पायरको भूमिका निभाइसकेका छन्।

सर्वसम्मत रुपमा चयन भएको प्रादेशिक क्रिकेट संघको उपाध्यक्षमा बर्दियाका बिनय राजभण्डारी, सचिवमा दाङका कैलाश कुमार रोका र कोषाध्यक्षमा पाल्पाका राजेश श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसै गरी सदस्यहरुमा दाङका बालकृष्ण खत्री, बर्दियाका सुभाष तिमिल्सैना, रुपन्देहीका प्रथम पराजुली र धिरज अधिकारी क्षेत्री, बाँकेका दुर्ग बहादुर थापा मगर र मेराज अन्सारी, कपिलवस्तुका माया ज्ञवाली र पदमराज श्रेष्ठ तथा नवलपरासीका अनिश कुँवर निर्वाचित भएका छन् ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]