भारतीय पूर्व क्रिकेटर संजय मंज्रेकर आफ्नो विचार र धारणा प्रस्तुत गर्न डराउने गर्दैनन्। सन् २०१९ एकदिवसीय विश्वकपक दौरान मंज्रेकरले रभीन्द्र जडेजाको छनोट बिरुद्ध आलोचना गर्दै उनलाई अपूर्ण क्रिकेटर बताएका थिए। तर मंज्रेकरको आलोचनालाई जडेजाले चुनौतीको रुपमा लिंदै २०१८ पछि आफ्नो करियरलाई झनै उचाइमा पुर्याए। विश्वकपको सेमीफाइनलमा भारत न्युजिल्यान्डसंग १८ रनले पराजित हुँदा जडेजाले ७७ रनको उत्कृस्ट पारि खेल्दै मंज्रेकरको उनिप्रतिको आलोचनालाई औंला ठड्याएका थिए। त्यसपछि दुई जनाको सम्बन्ध चिसो रहँदै आएको छ।
पुनः एक पटक मंज्रेकरले जडेजा माथि औंला ठड्याएका छन्। मंज्रेकरले आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतको हार पछाडी जडेजालाई उनको ब्याटिंगको लागि अन्तिम-११ मा मौका दिनु रहेको बताएका छन्।
“ओभरकास्ट कन्डिसनमा ( बाँदल लागेको मौसममा ) दुई जना स्पिनरलाई मौका दिनु सधै बहसयोग्य छनोटको विषय हुने गर्छ। अझ जब वर्षाको कारण टसनै एक दिन ढिला भएको परिस्थिति थियो। उनीहरुले एउटा खेलाडीलाई उनको ब्याटिंगको लागि छनोट गरे, उनि थिए जडेजा, र उनलाई छनोट गर्नुको पछाडी उनको देब्रे हाते स्पिन पक्कै थिएन। उनलाई उनको ब्याटिंगको लागि छनोट गरिएको थियो र सो कुराको म सधै बिरुद्धमा छु।” मंज्रेकरले ईएसपीएनक्रिक्इन्फोलाई बताए।
“तपाईले टिममा स्पेसलिस्ट खेलाडी छनोट गर्नुपर्छ र यदी उनीहरुले पिच सुक्खा र घुम्ने सोचेको भए उनीहरुले जडेजालाई आश्विनसंगै देब्रे हाते स्पिनको लागि छनोट गर्थे जुन कुरा तर्कसंगत हुन्थ्यो। तर उनीहरुले उनलाई ब्याटिंगको लागि छनोट गरे जुन आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तो हो।” उनले थपे।
“उदाहरणको लागि यदी भारतसंग हनुवा विहारीको रुपमा एक विशेषज्ञ ब्याट्सम्यान भएको भए, जो संग राम्रो रक्षात्मक कला छ, सहज हुन सक्थ्यो। सायद भारत उक्त १७० लाई २२०, २२५ या २३० हुन सक्थ्यो, कसले भन्न सक्छ।”
जडेजाले फाइनलको पहिलो इनिंग्समा १५ र दोश्रो इनिंग्समा १६ रन बनाए भने एक मात्र विकेट हात पारेका थिए।
मंज्रेकरको वयान पछि जडेजाको प्रतिक्रिया कस्तो आउनेछ पक्कै रोचक हुनेछ। जडेजाले २०१९ विश्वकपको दौरान ट्वीटरमा खुल्लमखुल्ला मंज्रेकरको आलोचनाको जवाफ दिएका थिए। त्यसक्रममा उनले ट्वीटमा बताएका थिए “तपाईले भन्दा मैले दोब्बर क्रकेट खेलेको छु र म अझै खेल्दैछु। सफल मानिसहरुको सम्मान गर्न सिक्नु, मैले तपाईको भर्बल डायरीया धेरै सुनीसकेको छु।”
वर्ल्ड टेस्ट च्याम्पियनसिपमा भारतलाई रिजर्भ डेमा पुगेको खेलमा ८ विकेटले पराजित गर्दै न्युजिल्यान्डले भारतको उपाधि आशा चकनाचुर गरेको थियो। अन्तिम-११ मा दुई जना स्पिनर खेलाउनु भारतको हारको प्रमुख कारण विश्लेषण गरिएको छ।
