बिसीसीआईले मानेन संजय मंज्रेकरको आईपीएलमा कमेन्ट्रिमा राख्ने आग्रह, यसकारण गरिएको थियो बाहिर

भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) को कमेन्ट्रि प्यानलमा फिर्ता हुँदै आईपीएलमा कमेन्ट्रि गर्ने संजय मंज्रेकरको इच्छा पुरा नहुने भएको छ।

हिन्दुस्तान टाइम्स्का अनुसार बिसीसीआईले युएईमा सेप्टेम्बर १९ देखि सुरु हुने आईपीएल २०२० को लागि बनाएको कमेन्टेटरको सुचीमा मंज्रेकरको नाम छैन। रिपोर्टका अनुसार बिसीसीआईले सुनिल गावस्कर, लक्ष्मण शिभरामाकृष्णन, मुरली कार्तिक र हर्षा भोगलेको नाम आफ्नो सुचीमा राखेको छ। माथि उल्लेखित सबै कमेन्टेटरलाई बिसीसीआईले पत्र पठाईसकेको बताईएको छ।

७१ वर्षीय गावस्कर भने उमेरको कारण युएई भ्रमण गर्न सक्नेमा प्रश्नचिन्ह रहेको छ। बिसीसीआईले ६० वर्ष भन्दा बढी उमेर भएका सहायक स्टाफ, अम्पायर, ग्राउन्ड स्टाफलाई रोग प्रतिरोधक क्षमता कमजोर हुने बताउदै संवेदनशील मानेको छ। कोभिड-१९ को खतरा रहेको भन्दै उक्त उमेरको व्यक्तिहरुलाई बिसीसीआईले बाहिर राख्न खोजेको हो। तथापी गावस्करले घर बाटै काम गर्न सक्नेछन्।

यस कारण भएका थिए मंज्रेकर प्यानल बाहिर, बिसीसीआईलाई लेखेका थिए पत्र 

कमेन्ट्रि र सामाजिक संजालमा आफ्नो अभिव्यक्तिबाट चर्चा र विवादमा पर्ने मंज्रेकर आईसीसी २०१९ विश्वकपको दौरान विवादमा फसेका थिए। पुर्व भारतीय क्रिकेट समेत रहेका मंज्रेकरले विश्वकपको दौरान रबिन्द्र जडेजालाई ‘बिट्स एण्ड पिसेज प्लेयर’ भनेपछि उनको सर्वत्र आलोचना भएको थियो। जडेजाले पनि खुलेरै उनको बिरोध गरेका थिए। यस्तै उनले भारतीय पुर्व कप्तान महेन्द्र सिंह धोनी, मोहम्मद शामी र केएल राहुल जस्तो खेलाडीहरुको पनि ट्वीटमार्फत आलोचना गरेका थिए।

पिंक बल टेस्टको दौरान साथी कमेन्टेटर हर्षा भोगलेलाई क्रिकेट नखेलेको कमेन्टेटरको रुपमा मंज्रेकरले टिप्पणी गरेका थिए।

त्यसपछि पनि मंज्रेकरले आफ्नो रवैया परिवर्तन गरेनन् र गत वर्ष कोलकातामा खेलिएको पिंक बल टेस्टको दौरान साथी कमेन्टेटर हर्षा भोगलेलाई क्रिकेट नखेलेको कमेन्टेटरको रुपमा टिप्पणी गरेका थिए। त्यस अघि पनि उनले २०१७ आईपीएलको दौरान काइरन पोलार्डलाई “दिमाग नभएको” बताएपछि आलोचित भएका थिए। पछि उनले आफुले त्यस्तो भन्न नखोजेको बताएका थिए।

बारम्बार विवादमा फस्ने गरेका मंज्रेकरलाई यसै वर्ष मार्चमा बिसीसीआईले उनलाई आफ्नो कमेन्टेटरको अनुबन्धबाट हटाएको थियो।


मंज्रेकरले आईपीएलमा आफुलाई कमेन्ट्रिको अवसर दिनको लागि बिसीसीआईलाई अनुरोध गरेका थिए। उनले लेखेका थिए – “मैले पहिले पनि इमेल गरिसकेको छु कि जहाँ मैले कमेन्टेटरको रुपमा आफ्नो इच्छाको बारेमा लेखेको छु। आईपीएलको मिति सार्वजनिक भैसकेको छ। यस्तोमा बिसीसीआईले चाडै कमेन्ट्रि प्यानलको घोषणा गर्नेछ। म बिसीसीआईद्वारा निर्धारित नियम अनुसार काम गर्न पाउदा खुसि हुनेछु।”

हर्षा भोगलेलाई २०१६ मा हटाइएको थियो  

यो बताईन्छ कि भारतीय क्रिकेट बोर्डले आफ्नो र खेलाडीहरुको बारेमा सकारात्मक कुरा मात्र गर्ने सर्तमा कमेन्टेटरलाई अनुबन्ध गर्नेगर्छ। यस अघि हर्षा भोगलेलाई पनि कमेन्ट्रि प्यानलबाट हटाएको थियो। २०१६ मा नवौं सिजनको आईपीएल अघि उनको अनुबन्ध खोसिएको थियो। अपुस्ट खबरका अनुसार भोगले र बिधर्भ क्रिकेट एसोसिएसनका एक पदाधिकारी बीच २०१६ टि-२० विश्वकपको दौरान वादविवाद भएका कारण अन्तिम समयमा उनलाई प्यानलबाट निकालिएको थियो। तथापी भोगलेले भने आफुलाई किन हटाइएको बारे आफुलाई कुनै पनि कारण थाहा नभएको बताएका थिए।


बिसीसीआईले भने कमेन्ट्रि प्यानलको निर्धारण दर्शक, खेलाडी तथा सोसल मिडियाको प्रतिक्रियाको आधारमा लिने बताउछ। क्रिकेटको आवाज अर्थात् ‘Voice of Cricket’ समेत भनेर चिनिने भोगलेलाई हटाउने निर्णयको क्रिकेट फ्यानहरुले आलोचना गरेका थिए।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/5-kheladi-jasko-antim-ipl-wn20/

https://wicketnepal.com/ire-beat-eng-3rd-odi-wn20/





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]