स्यांटनर र गुप्टिलको अर्धशतकमा इंग्ल्याण्डलाई २२४ रनको लक्ष्य

  • विकेटनेपाल, फाल्गुन १६ – बुधबार

इंग्ल्याण्डको न्युजिल्याण्ड भ्रमण अन्तर्गतको दोश्रो एकदिवसीय क्रिकेटमा मिचेल स्यांटनर र मार्टिन गुप्टिलले अर्धशतक प्रहार गरेपछि घरेलु टोलीले इंग्ल्याण्डबिरुद्द जितको लागि २२४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बे ओभल मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको घरेलु टोलीले खराब प्रदर्शन गर्दै ४९.४ ओभरमा मात्र २२३ रन बनाउदा सबै विकेट गुमाएको छ । उसका लागि ओपनर मात्रिन गुप्टिल ले ५० रन (८७ बल, ७ चौका) तथा तल्लो क्रममा आएका मिचेल स्यांटनरले आफ्नो करियरको पहिलो अर्धशतक प्रहार गर्ने क्रममा अविजित ६३ रन (५२ बल, ६ चौका, १ छक्का) को पारि खेलेपनि अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् । कुनै समय १४७/८ को अवस्थामा रहेको   पारि उकास्न स्यांटनरले नबौं विकेटको लागि लुक फर्गीउसनसँग मिलेर ६९ रनको साझेदारी गरेका थिए । फर्गीउसनले १९ रन बनाए भने कोलिन डी ग्राण्डहोमले पनि ३८ रनको पारि खेले ।

इंग्ल्याण्डको लागि मोईन अलिले ३३ रन खर्चेर २ विकेट लिए भने बेन स्टोक्स र क्रिस वोक्सले पनि समान २/२ विकेट हात पारे । ४ खेलाडी रन आउटको सिकार भए ।

यसअघि भएको पहिलो एकदिवसीय क्रिकेटमा रोस टेलरले आफ्नो करियरको १८ औं शतक प्रहार गरेपछि न्युजिल्याण्डले ३ विकेटको जित हात पारेको थियो । जारि सिरिज अन्तर्गत ५ एकदिवसीय र २ टेस्ट क्रिकेट खेलिने छ ।

(Pictures: @ICC)





थप समाचार

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]