सन्तोषको शतक र बिबेकको विस्फोटक ब्याटिंग, प्रदेश-२ को दोश्रो जित

सन्तोष कार्की र बिबेक यादवले उत्कृस्ट ब्याटिंग गर्दा बागमती प्रदेशलाई ६ विकेटले पराजित गर्दै यु-१९ राष्ट्रिय प्रतियोगितामा प्रदेश-२ ले तेश्रो खेल खेल्दा दोश्रो जित हात पारेको छ।

टियु अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न खेलमा बागमती प्रदेशले दिएको २५४ रनको लक्ष्य प्रदेश-२ ले मात्र ४ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा प्रदेश-२ का ओपनर सन्तोष कार्की र रोहन बिकले ६४ रनको साझेदारी गरे। १३ औं ओभरमा रोहन आउट भएपछि तृत राज दास र अमित यादव लगत्तै आउट भए ९३/३ को अवस्थाबाट सन्तोषले कप्तान बिबेक यादवसंग चौंथो विकेटको लागि १४४ रनको साझेदारी गर्दै जितको दिशा दिए। ४० औ ओभरमा संतोहलाई प्रतिशले क्याच आउट पार्दा टिम जित नजिक पुगीसकेको थियो।

प्रतियोगिताको तेश्रो शतक बनाउने क्रममा सन्तोष कार्कीले ११५ बलमा १४ चौका र ३ छक्का प्रहार गरे। यस अघि सुदूरपश्चिमका अर्जुन साउद र प्रदेश-१ का सोनु अन्सारीले शतक बनाएका थिए। यस्तै बिबेक यादवले ७१ बलमा ६ चौकर ७ छक्का मद्दतले ८५ रन बनाए। रोहन बिकले २६ रन बनाए।

बागमतीको बलिंगमा तिलक राज भण्डारीले २ विकेट ( ७-०-४३-२ ) तथा प्रतिश जिसी र प्रशान्त महतले समान एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिंगको निम्तो पाएको बागमतीले ४९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर २५३ रन बनाएको थियो।

बागमतीको ब्याटिंगमा स्वप्निल अधिकारीले सर्वाधिक ८५ रन बनाए जुन क्रममा ८३ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। यस्तै बिपिन शाहीले ८३ बलमा ६ चौका र १ छक्का मद्दतले ५९ रन बनाए। बागमतीले १७६ रन बनाउदा ७ विकेट गुमाएको थियो जसपछि स्वप्निलले आक्रामक ब्याटिंग गर्दै योगफल २५० पार गराएका थिए।

प्रदेश-२ को बलिंगमा पुर्ज ढुंगेलले ३ विकेट ( १०-१-३३-३ ) लिए भने बिबेक यादव, गुल्सन झा, अजय यादव र प्रदिप पासवानले समान एक विकेट लिए।

प्रदेश-२ ले पहिलो खेलमा सुदूरपश्चिमलाई २ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा प्रदेश-१ संग ७ विकेटले पराजित भएको थियो। चौंथो खेल खेल्दा बागमतीको भने यो तेश्रो हार हो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy