प्रधानमन्त्रीको आग्रह पछि इक्बालले लिए सन्यास फिर्ता

बंगलादेश क्रिकेटर तामिम इक्बालले सन्यास लिएको भोलि पल्टनै सन्यास फिर्ता लिएका छन्।

प्रधानमन्त्री शेख हसिनाले शुक्रबार भेटेर सन्यास फिर्ता लिन आग्रह गरे पछि इक्बालले निर्णय परिवर्तन गरेका हुन्।

३४ वर्षीय क्रिकेटरले बिहिबार अचानक सन्यास घोषणा गरेका थिए। पत्रकार सम्मेलनमा भावुक बनेका इक्बालले त्यस क्रममा यो नै सन्यास लिने सहि समय भएको बताएका थिए।

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) निर्देशक जलाल युनुसले एएफपीलाई बताए अनुसार प्रधानमन्त्री हसिनासँग उनको ढाकाको निवासमा भेट गरेपछि तमिमको मन परिवर्तन भएको हो।

युनुसले भने, ‘तमिम इकबालले सन्यासको निर्णय फिर्ता लिएका छन् ।

‘यद्यपि उनले फिटनेस फर्काउन ६ हप्ता आराम गर्नेछन्। उनी विगत ६ महिनादेखि शारीरिक र मानसिक दबाबमा थिए, जसले गर्दा उनको प्रदर्शनमा असर परेको थियो।”

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy