प्रधानमन्त्रीको आग्रह पछि इक्बालले लिए सन्यास फिर्ता

बंगलादेश क्रिकेटर तामिम इक्बालले सन्यास लिएको भोलि पल्टनै सन्यास फिर्ता लिएका छन्।

प्रधानमन्त्री शेख हसिनाले शुक्रबार भेटेर सन्यास फिर्ता लिन आग्रह गरे पछि इक्बालले निर्णय परिवर्तन गरेका हुन्।

३४ वर्षीय क्रिकेटरले बिहिबार अचानक सन्यास घोषणा गरेका थिए। पत्रकार सम्मेलनमा भावुक बनेका इक्बालले त्यस क्रममा यो नै सन्यास लिने सहि समय भएको बताएका थिए।

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) निर्देशक जलाल युनुसले एएफपीलाई बताए अनुसार प्रधानमन्त्री हसिनासँग उनको ढाकाको निवासमा भेट गरेपछि तमिमको मन परिवर्तन भएको हो।

युनुसले भने, ‘तमिम इकबालले सन्यासको निर्णय फिर्ता लिएका छन् ।

‘यद्यपि उनले फिटनेस फर्काउन ६ हप्ता आराम गर्नेछन्। उनी विगत ६ महिनादेखि शारीरिक र मानसिक दबाबमा थिए, जसले गर्दा उनको प्रदर्शनमा असर परेको थियो।”





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]