सप्तरी क्रिकेट संघको पाँचौ बार्षिक साधारण सभा सम्पन्न

३ भाद्र राजबिराज । सप्तरी क्रिकेट संघको ५ औं बार्षिक साधारण सभा आईतवार बार्षिक प्रगति प्रतिवदेन तथा बार्षिक कार्यक्रम बजेट सहित पारित गर्दै सम्पन्न भएको छ ।

मुख्यमन्त्री सतिश कुमार सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सप्तरी क्रिकेट संघका सचिव आयुश श्रेष्ठले सप्तरी क्रिकेट संघको बार्षिक कार्यक्रम प्रस्तुत गर्दै करिव १ करोड ६७ लाखको अगामि बर्षको अनुमानित बजेट समेत पेश गर्नु भएको थियो । जस अन्तर्गत महिला क्रिकेटलाई समेत पुरुष क्रिकेट संगै महिला क्रिकेटलाई पनी लाने जानकारी गराउदै जिल्ला सप्तरी प्रिमियर लिग, जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता, बिद्यालय स्तरीय क्रिकेट प्रतियोगिता लगायतलाई समेत महिला पुरुष दुवै प्रतिष्पर्धा गराईने जानकारी गराउनु भएको थियो ।

त्यसै गरि अध्यक्ष श्रेष्ठले यस बर्ष खेलाडिहरुको सुबिधाको टर्फ विकेटको निर्माण गरि टर्फ विकेटमा नै खेलाउने र सो को निर्माणको काम यहि साताबाट हुने समेत जानकारी गराउनु भएको थियो । पेश गर्नु भएको प्रतिवेदन अनुसार ए डिभिज क्रिकेट प्रतियोगिता दोश्रो संस्करण, ३ जिल्ला बिच मैत्रिपुर्ण क्रिकेट प्रतियोगिता, मनिश-दिपेन्द्र ट्रफि एकदिवसिय प्रतियोगिता लगायतको प्रतियोगिताहरु प्रस्तावित गरिएको छ । प्रतियोगिता आयोजनाका लागि बिभिन्न संघ संस्थासंग समन्वय गरिने समेत जानकारी गराइएको छ । त्यसै गरि प्रस्तुत २०८०।८१ को लेखापरिक्षण प्रतिवेदन अनुसार उक्त आर्थिक बर्षमा सप्तरी क्रिकेट संघले ६१ लाख ३१ हजार ८ सय ३४ रुपैया ९१ पैसाको कारोवार गरेको छ ।

कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सप्तरी क्रिकेट संघले छैठौं संस्करणको रुपमा सप्तरी प्रिमियर लिगलाई आयोजना गरेको देशको एक मात्र लिग भएकोले यसको जगेर्नाको लागि आवश्यक सहयोग मधेश प्रदेश सरकारबाट गर्न आवश्यक पहल गर्ने र आउदै गरेको ११ औं राष्ट्रिय खेलकुदका लागि आवश्यक संरचनाहरु निर्माणका लागि समेत पहल भई रहेको जानकारी गराउदै युवाहरुलाई खेलकुदमा सहभागि गराएर कुलतबाट जोगाउन सकिने भएकोले खेलकुदलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने जिकिर गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका प्रमुख दिनेश भुजेलले जिल्लामा रहेको खेल संस्थाहरु मध्ये कामको मुल्यांकन गर्दा सप्तरी क्रिकेट संघ अब्बल संस्था रहेको जानकारी गराउदै ११ औं राष्ट्रिय खेलकुदमा बढि भन्दा बढि खेललाई जोडन आग्रह गर्नु भएको थियो भने कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण कुमार देवले सप्तरी प्रिमियर लिग सातौ संस्करणलाई बर्षा महिनामा नगराएर बैशाख अघिनै सम्पन्न गर्न सुझाव समेत दिनु भएको थियो भने सप्तरी क्रिकेट संघले गरेका कामहरुको खुलेर प्रशंसा समेत गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष मनोज माझी तथा राजबिराज नगरपालिका वडा नं. ६ का अध्यक्ष शशि कुमार चौधरीले आफनो मन्तव्य राख्नु भएको थियो । सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज कुमार सिंहले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव चन्दन कुमार यादवले गरेका थिए ।

मुख्यमन्त्री सतिश सिंह सम्मानित ः

मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहलाई आईतवार सप्तरी क्रिकेट संघको साधारण सभामा सम्मानित गरेको छ । संघका अध्यक्ष आयुश श्रेष्ठले दोसल्ला सहित कदर पत्रले सिंहलाई सम्मानित गरेको हो । मुख्यमन्त्री सिंह बिगतमा सप्तरी क्रिकेट संघका सक्रिय सदस्य रहेको र क्रिकेटलाई निरन्तर रुपमा सहयोग गर्दै आईरहेकोले संघले सम्मानित गरेको जनाएको छ ।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]