सप्तरीका महिला क्रिकेटरलाई बेलायती प्रशिक्षकबाट प्रशिक्षण

राजविराज, १० फागुन ।

नेपाल क्रिकेट फाउन्डेसन र सप्तरी क्रिकेट संघको आयोजनामा मधेश प्रदेशस्तरिय महिला क्रिकेट खेलाडीहरूलाई बेलायती प्रशिक्षकबाट प्रशिक्षण सुरू गरिएको छ ।

महिला क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले राजबिराजमा फागुन ८ गते देखि मधेश प्रदेश का ५ जिल्ला सम्मिलत ३५ जना महिला खेलाडीलाई प्रशिक्षण सुरू गरिएको सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिएका छन्।

राजबिराजस्थित स्थानिय पबि माबि खेल मैदानमा बेलायतस्थित ईंग्लयान्ड क्रिकेट बोर्डको लेवल थ्रि कोच लिबुथ र सारा बेग साथै बेलायतको लर्डस्थित मारलिब्रोनका निर्देशक एगंगुस बेरीले प्रशिक्षण दिदैछन् ।

समुदायमा महिलाहरूलाई क्रिकेट प्रति उत्प्रेरणा जगाउन तथा खेलमा सहभागिता जनाउनुका लागि र जिल्लामा महिला क्रिकेट खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्रशिक्षित गर्न लागेको क्रिकेट संघका सचिव चन्दनकुमार यादबले बताए ।

नेपाल क्रिकेट फाउन्डेशनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठ र बोर्डका सदस्य बिना झाको उपस्थितिमा प्रशिक्षण गर्न दिइदै छ । यसैगरी मधेश प्रदेश स्तरिय दुई दिने प्रशिक्षकहरूलाई प्रशिक्षण गर्ने तालिम समेत रहेको फाउन्डेशनका निर्देशक अभिषेकले बताए ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]