प्रदेश २ यु-१९ छनोट : सप्तरीको विजयी सुरुवात

चन्दनकुमार यादब, राजबिराज २८

राैतहटमा जारी प्रदेश २ स्तरिय वाईवाई अन्डर-१९ एकदिवसिय क्रिकेट छनाेट प्रतियाेगितामा बारालाई ४ विकेटले पराजित गर्दै सप्तरीले विजयी सुरूवात गरेकाे छ ।

आइतबार राैतहटकाे राईस मिल खेलमैदानमा टस जितेर बाराले २७ ओभरमा १० विकेट गुमाई १ सय २७ रनकाे याेगफल खडा गरेको थियो जसमा निरज महराले ४७ रन, आदील अंसारीले ३१ तथा निखिल सिँह १४ रन जोडेका थिए। बलिँगतर्फ सप्तरीका अजय यादबले घातक बलिँग गर्दै ८ ओभरमा ३२ रन खर्चेर ५ विकेट लिए पछि बाराले ठूलो योगफल तयार गर्न सकेन। यस्तै अर्का बलर नितेश यादबले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट तथा बिबेक यादबले २ बिकेट हात पारे।

प्रतिउतरमा सप्तरीले २१ ओभर ४ बल खेल्दै ६ विकेट गुमाएर जित हात पार्यो जसमा बिवेक यादबले उत्कृष्ट ब्याटिँग गर्दै अविजित ३३ रन, राेहन बिक २२, निरज यादब २१, र अमित यादबले १७ रन जाेडेका थिए।

यता बलिँगतर्फ बाराका आदील अंसारीले ४ बिकेट र अरनिकाे यादबले १ विकेट हात पारे।

खेलकाे म्यान अफ दि म्याच सप्तरी टिम का उदयमान खेलाडी अजय यादब म्यान अफ दि म्याच घाेषित भएका सप्तरी क्रिकेट सँघ सदस्य बिरेन्द्र यादबले बताउनु भयाे ।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]