सप्तरी क्रिकेट संघको अध्यक्षमा आयुष श्रेष्ठ सर्वसम्मत

२०८० श्रावण २२, सोमबार १८:४२

सप्तरी जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः आयुष श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएको भएका छन् ।

सोमबार राजविराजमा सम्पन्न भएको संघको चौंथो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ।

उपाध्यक्षमा निरज कुमार सिंह, सचिवमा चन्दन कुमार यादव र कोषाध्यक्षमा तुलानाथ माझी चयन भएका छन् । यस्तै, सदस्यहरूमा नम्रता परियार, सतिश कुमार सिंह, संजय कार्की, अशोक साह, रोशन मण्डल, राजकुमार दास, डम्वर नारायण दास, मनोज साह, रबि राय, राजेश झा र बिरेन्द्र यादव छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy