सप्तरीका क्रिकेट खेलाडि सम्मानीत

२०७९ श्रावण ११, बुधबार १२:३९

११ श्रावण, राजबिराज ।

हालै अषाढ १४ देखि २० गते सम्म सप्तरीको राजबिराजमा संचालन भएको महेन्द्र नारायण निधी प्रदेश स्तरी क्रिकेट प्रतियोगिताका बिजेता सप्तरीका टोलिलाई बुधवार एक कार्यक्रमका बिच नगद तथा प्रमाण सहित सम्मान गरिएको छ ।

बालबालिका, महिला, युवा तथा खेलकुद मन्त्रालयसंगको साझेदारीमा तथा मधेश क्रिकेट संघको सहयोगमा सप्तरी क्रिकेट संघद्धारा आयोजित प्रदेश स्तरी महेन्द्र नारायण निधी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगत सप्तरीले सिरहालाई ६ बिकेटले पराजित गर्दै उपाधी जितेको थियो ।

राजबिराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख ईसरत प्रविनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सप्तरीका बिजेता क्रिकेटहरु महवुव आलम, बिवेक यादव, रोहन बिक, राहुल मण्डल, अभिशेक काकि, रोहित सिंह, अमित यादव, अनिल यादव, निरज यादव, राज बर्मा, धिरज मण्डल, बिशाल यादव, नितेश यादव, अजय यादव र टिम व्यवस्थापक आशिष सिंहलाई नगद १२ हजार ५ सय तथा प्रमाण पत्र सहित सम्मान गरिएको छ ।

कार्यक्रममा राजबिराज नगरपालिकाका कार्यवाहक नगरप्रमुखले सप्तरी प्रिमियर लिगलाई निरन्तरता दिने प्रतिवद्धताका साथै राजबिराज क्रिकेट एकेडेमीको स्थापनाका लागि तथा पबिमाबिको क्रिकेट मैदानलाई राष्ट्रिय स्तरको खेल मैदान बनाउन आवश्यक पहल गर्ने समेत जानकारी गराउदै बिजेता खेलाडि तथा सप्तरी क्रिकेट संघलाई बधाई समेत दिनु भएको थियो ।

कार्यक्रममा हालै श्रावण ७ गते सम्पन्न सप्तरी अम्पाएर तथा स्कोरर संघका निर्वाचित पदाधिकारीहरुलाई समेत प्रमाण पत्र सहित सम्मान कार्यवाहक मेयर ईसरत प्रविनले गर्नु भएको थियो ।

संघका कोषाध्यक्ष तुलानाथ माझीले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, नेपाल क्रिकेट संघका प्रमुख छनौट कर्ता दिपेन्द्र चौधरी, सिटिजन ईन्टरनेश्नल बैंकका शाखा प्रबन्धक फिरोज अहमद, पत्रकार शौरव यादव लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन संघका सचिव चन्दन यादवले गर्नु भएको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy