सप्तरी क्रिकेट संघको बार्षिक साधारण सभा सम्पन्न

राजबिराज । सप्तरी क्रिकेट संघको बार्षिक साधारण सभा शनिवार राजबिराजमा सम्पन्न भएको छ । पत्रकार महासंघ सप्तरीको सभाहलमा सम्पन्न साधारण सभामा संघका सचिव चन्दन यादवले बार्षिक प्रतिवेदन पेश गर्दै गत बर्ष संचालित प्रतियोगिता तथा प्राप्त उपलब्धी बारे जानकारी गराएका थिए । सचिव यादवद्धारा पेश गरिएको प्रतिवेदनमा संघले गत बर्ष कोरोना महामारी पुर्व संचालन गरेको गतिविधीहरु बारे बिस्तृत रुपमा जानकारी गराईएको थियो ।

सचिव यादवले पेश गरेको प्रतिवेदनमा यस बर्ष सरकारले खेलकुद गतिविधी संचालन गर्न दिए पुर्ण सावधानी अपनाई मेयर कप सप्तरी प्रिमियर लिग सिजन ३, सप्तरी महिला प्रिमियर लिग सिजन २, अम्पाएर कप जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता, अम्पाएर स्कोरर तालिम लगायतका गतिबिधी संचालन गर्ने रहेको छ । उक्त गतिविधी संचालनका लागि करिव ४२ लाख ६० हजार को अनुमानित बजेट खर्च हुने जनाईएको छ ।

सामाजिक दुरी कायम राख्दै संचालन गरिएको उक्त कार्यक्रममा साधारण सदस्य बाहेककालाई उपस्थिती गराइएको थिएन । कार्यक्रममा संघका कोषाध्यक्ष तुलानाथ माझीद्धारा लेखा प्रतिवेदन अन्र्तगत गत बर्ष ३१ लाख १८ हजार २ सय १८ रुपैयाको बिवरण पेश गरिएको थियो । जस अन्र्तगत सप्तरी प्रिमियर लिग सिजन २ संचालनका लागि २० लाख १३ हजार ६ सय १ रुपैया खर्च भएको थियो भने सप्तरी महिला प्रिमियर लिग संचालनको लागि ९ लाख ८९ हजार ५० रुपैया खर्च भएको थियो । संघले आफना नियमित खेलाडी तथा पदाधिकारीहरुको कोभिड बिमा गराउनुको साथै अन्य खर्चको बिवरण समेत पेश गरिएको थियो ।

कार्यक्रममा गत बर्ष संचालित मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिता अन्र्तगत उत्कृष्ट प्रर्दशन गरेका रुपनी रायर्डसका अनुज यादवलाई पुर्व क्रिकेटर दिपेन्द्र चौधरीले प्रायोजन गरेको क्रिकेट ब्याट प्रदान गरिएको थियो । राजबिराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मैथिली साहित्य परिषद सप्तरीका अध्यक्ष सतिश कुमार दत्त, पुर्व अन्तराष्ट्रिय खेलाडि दिपेन्द्र चौधरी, तथा योग ११ बरहि बिरपुरका अध्यक्ष रवी रायले आ–आफ्ना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सप्तरी क्रिकेट संघका उपाध्यक्ष धमेन्द्र चौधरीले राखेका थिए भने कार्यक्रमको संचालन संघका सचिव चन्दन यादवले गरेका थिए ।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]