सप्तरी क्रिकेट संघको आयोजनामा यही चैत्र ८ गते देखि सप्तरीको राजविराजमा सुरु हुने तेश्रो संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग टि-२० ( एसपीएल ) प्रतियोगिताको लागि खेलाडी चयन गर्न अक्सन बुधबार हुँदैछ। अक्सन होटल स्टार डिलक्स राजविराजमा बिहान ११ बजे सुरु हुनेछ।
५ टोलि सहभागी रहेको प्रतियोगितामा एउटा टिममा १५ जना खेलाडीहरु रहनेछन् त्यसमध्ये १४ जना खेलाडीको चयन अक्सनमार्फत हुनेछ भने एक जना खेलाडी आयोजकले चुन्नेछ।
प्रतियोगितामा बोदे बर्साईन थन्डर्स, टिभीएस किंग्स राजविराज, तिलाठी कोइलाडी, बजाज खडक वारियर्स र रुपनी राईडर्स गरि कुल पाँच टोलि सहभागी हुँदैछन्।
सहभागी सबै टिमले आफ्नो मार्की खेलाडीको घोषणा गरिसकेको छ। तिलाठी कोइलाडीको दिपेन्द्र ऐरी, बजाज खडक वारियर्सको पवन सर्राफ, रुपनी राईडर्सको कुशल भुर्तेल, टिभीएस किंग्स राजविराजको मेहबुब आलम र बोदे बर्साईन थन्डर्सको सिद्धान्त लोहनी मार्की खेलाडी रहेका छन्।

अक्सनमा कुल १ सय ७५ जना खेलाडीहरु सहभागी रहेका छन् जसमध्ये ५ वटा टिमले अक्सनबाट ७० जना खेलाडी टिममा समाबेश गर्नेछन्।
एउटा टिमले १४ जना मध्ये सबै टिमले ५ जना खेलाडी भने सप्तरी जिल्ला बाहिरको समाबेश गर्न पाउनेछ।
अक्सनमा नाम दर्ता भएका खेलाडीहरुलाई ४ वटा ग्रेडमा बिभाजन गरिएको छ। ‘ए’ ग्रेड मा राष्ट्रिय क्रिकेट टिमको लागि खेलेका खेलाडीहरु, ‘बि’ ग्रेडमा कम्तिमा ५ वटा राष्ट्रिय प्रतियोगिताहरु तथा उमेर समुह राष्ट्रिय टिमको लागि खेलेका खेलाडीहरु, ‘सी’ ग्रेडमा कम्तिमा जिल्ला टिमको लागि खेलेका खेलाडीहरु तथा ‘डी’ ग्रेडमा जिल्ला स्तरीय प्रतियोगिता खेलेका खेलाडीहरु समाबेश रहेका छन्।
ए ग्रेडमा रहेका खेलाडीलाई अक्सनमा कम्तिमा ८ हजारबाट अधिकतम १५ हजार रुपैयाँसम्म बोलि लाग्नेछ। बि ग्रेडमा रहेका खेलाडीलाई कम्तिमा ७ हजार देखि अधिकतम ११ हजार सम्म, सी ग्रेडमा रहेका खेलाडीलाई कम्तिमा ५ हजार देखि अधिकतम ७ हजारसम्म तथा डी ग्रेडमा रहेका खेलाडीलाई कम्तिमा ३,५०० देखि अधिकतम ५,५०० रुपैयाँ सम्म बोलि लाग्नेछ।
टिमहरुले ए ग्रेडबाट २ जना मात्र खेलाडी तथा बि, सी र डी ग्रेडबाट समान ४ जना खेलाडी टिममा राख्न पाउनेछ।
विकेटनेपाललाई प्राप्त जानकारी अनुसार अक्सनको ए ग्रेडमा राष्ट्रिय क्रिकेटरहरु बसन्त रेग्मी, सुनिल धमला, आसिफ शेख, राशिद खान, जितेन्द्र मुखिया, अनिल साह, अविनाश कर्ण, रामनरेश गिरि जस्ता खेलाडीहरु रहेका छन्।
सप्तरी प्रिमियर लिगको विजेता टिमले ३ लाख रुपैयाँ तथा उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँ पाउनेछन्। लिगको आयोजना पटक राज रंगशालामा खेलिनेछ जहाँ दर्शकहरुले खेल हेर्न टिकट काट्नुपर्ने छ। यस अघि प्रतियोगिता प बि स्कुलमा आयोजना हुँदै आएको थियो।
धेरैले पढेको
https://wicketnepal.com/news-eng-vs-ind-3rd-t20-316/
https://wicketnepal.com/icc-dwara-2-uae-cric-8-barshe/
