भोलिदेखि सप्तरी प्रिमियर लिग सुरु हुँदै (सम्पूर्ण जानकारी सहित)

Pabi School Ground , Saptari
  • विकेटनेपाल, असार २७ – बुधबार

सप्तरी क्रिकेट संघको आयोजना तथा राजविराज नगरपालिकाको सहयोगमा भोलिदेखि राजविराजमा मेयरकप सप्तरी प्रिमियर लिग टि२० क्रिकेट प्रतियोगिता सुरु हुँदैछ।

७ दिनसम्म चल्ने प्रतियोगितामा ३ टिमहरु बोदेबर्साईन थन्डर्स, बजाज खडक वारिर्यस र तिलाठी कोईलाडी हिरोजको सहभागिता रहेको छ। खेलाडी छनोट गर्नको लागि अक्सन कार्यक्रम सोमबार आयोजना गरिएको थियो। थन्डर्सले सिद्धान्त लोहनी, वारियर्सले हसिम अन्सारी र हिरोजले मेहबुब आलमलाई मार्की खेलाडी चुनेका थिए। (खेलतालिका)

अक्सन प्रक्रिया अन्तरगत ए, बी, सी र डी गरि चार समूहमा खेलाडीलाई विभाजन गरिएको थियो। समूह “ए” मा पर्ने खेलाडीहरुको मुल्य ५ देखी १२ हजार ५ सय, समूह “बी” मा पर्ने खेलाडीहरुको मुल्य ३ देखी ७ हजार ५ सय, समूह “सी” का खेलाडीहरुको १ हजार ५ सयदेखी ५ हजारसम्म र समूह “डी” मा पर्ने खेलाडीहरुको मुल्य १ हजारदेखी २ हजार ५ सयसम्म तोकिएको थियो ।

खेलाडी खरीद प्रक्रियामा सबैभन्दा बढी समूह “ए” बाट सन्दिप ढुंगानामाथी ५ हजार ५ सय बोली लागेको थियो । त्यस्तै “बी” बाट फिर्दोस अन्सारी, मुकुन्द यादव, गुणानन्द राय, अमित यादव र दिब्याशुं मल्लिकलाई ७ हजार ५ सयमा खरीद गरिएको छ । त्यस्तै समूह “सी” बाट नन्दन झा, प्रशान्त राई, राहुल मण्डल र विकास दासलाई ५ हजार तथा समूह “डी” बाट अमित दासलाई २ हजार ५ सयमा खरीद गरिएको जनाइएको छ ।
आयोजकले बताएअनुसार प्रतियोगितामा ३६ जना सप्तरीका स्थानीय खेलाडी रहेका छन् भने १२ जना खेलाडीहरु बाहिरका रहेकाछन्। प्रतियोगिता डबल-राउण्ड-रोबिन फर्म्याटमा आयोजना हुनेछ जसबाट शिर्ष २ टिमहरु उपाधीका लागि भिड्नेछन्। उपाधीको बारेमा भने जानकारी गराईएको छैन।

केहिसमय अगाडी विकेटनेपाल टिम प्रतियोगिता आयोजनास्थलमा पुगेर सप्तरी जिल्ला क्रिकेट संघका सचिब आयुष श्रेष्ठसँग कुरा गरेको थियो। हेर्नुहोस भिडियो:





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]