सप्तरी महिला प्रिमियर लिगको उपाधि सुरुङ्गालाई, रुबिनालाई बिशेष सम्मान

नेपाली राष्ट्रिय टिमको समेत कप्तान रहेकी रुबिना क्षेत्री र अप्सरी बेगमले पहिलो विकेटको लागि अविजित शतकीय साझेदारी गरेपछि सप्तरी महिला प्रिमियर लिगको उपाधी सुरुङ्गा नगरपालीकाले जितेको छ।

प्रतियोगिता अन्तर्गत सोमबार राजविराजमा सम्पन्न फाइनल खेलमा सुरुङ्गा नगरपालीकाले खडक नगरपालीकालाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको हो।

सरस्वती चौधरीको कप्तानीमा रहेको खडक नगरपालिकाले टस जितेर पहिले ब्याटिंग गर्दै निर्धारित २० ओभरमा मात्र १ विकेट गुमाएर १०४ रनको योगफल तयार पारेको थियो।

Rashmi Sharma

 

खडकका लागि रश्मी शर्माले अविजित ५० रन तथा काजल श्रेष्ठले २० रन तथा सरस्वती चौधरीले अविजित १७ रन बनाइन्। रश्मीले ६२ बलको सामना गर्दा ५ चौका प्रहार गरेकी थिइन्। बलिंगतर्फ सुरुङ्गाकि संगीता राइले एक विकेट लिईन्।

जवाफमा कप्तान रुबिना क्षेत्री र अप्सरी बेगमले सानदार ब्याटिंग गरेपछि सुरुङ्गाले बिना कुनै क्षती १५.४ ओभरमा लक्ष्य पुरा गरेको थियो। प्लेयर अफ द म्याच क्षेत्रीले ५२ बलमा ६३ रन (७ चौका, १ छक्का) तथा बेगमले ४२ बलमा ३६ रन (४ चौका) बनाइन्।

Rubina Chhetry

बिजेता टोलि सुरुंगाले ५१ हजार नगद सहित ट्रफि तथा प्रमाण पत्र प्राप्त गर्यो भने उपबिजेता टोलि खडकले ३१ हजार नगद सहित ट्रफि तथा प्रमाण पत्र पायो।

प्रतियोगिता अन्तर्गत उत्कृष्ट प्रर्दशन गर्ने इमार्जिंग प्लेयर खडकका माधवी चौधरी, बेष्ट ब्याट्सवुमन सुरुंगाका रुविना क्षेत्रि, तथा बेष्ट बलर खडकका कविता गौतमले समान ५/५ हजार प्राप्त गरे। यस्तै प्लेयर अफ द सिरिज सुरुंगाकी अप्सरी बेगमलाई १५ हजार नगद सहित ट्रफि तथा प्रमाण पत्र सहित सम्मान गरिएको थियो।

रुबिनालाई बिशेष सम्मान

सप्तरी क्रिकेट संघद्धारा नेपालि महिला क्रिकेट टोलिका कप्तान रुविना क्षेत्रिलाई नेपालि महिला क्रिकेट क्षेत्रमा पुराएको अतुलनिय योगदानको कदर गर्दै सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ र सचिव चन्दन कुमार यादवद्धारा हस्ताक्षरित कदर पत्र सहित खादा ओढाई सम्मान गरिएको थियो ।

सुरुंगा नगरपालिका र खडक नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघ र सेभ द चिल्ड्रेनसंगको सहकार्यमा सबल नेपालद्धारा गत १३ गते देखि संचालित प्रतियोगितामा ३ टोलिको सहभागिता रहेको थियो । सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षतामा संचालित समापन कार्यक्रम सुरुंगा नगरपालिकाका उपमेयर बिन्दा पासवान, सेभ द चिल्ड्रेनका रचना थापा, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, उपाध्यक्ष धमेन्द्र चौधरी, सचिव चन्दन यादव, पुर्व प्रशिक्षक राजकुमार दास, अम्पाएर संघका अध्यक्ष निरज सिंह लगायतको सहभागिता रहेको थियो ।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy