आईपीएल छनौट भएपछि शरदले लिए सन्दिपको पहिलो अन्तर्वार्ता

२०७४ माघ १५, सोमबार ११:४१

  • विकेटनेपाल – १५ माघ, सोमवार

भारतको प्रसिद्ध टि-२० क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपिएल) मा दिल्ली डेएरडेभिल्सबाट खेल्ने मौका पाएपछि नेपाली शेन वार्न सन्दिप लामिछानेलाई बधाईको ओइरो लागेको छ। खेलाडी निलामीमा सन्दिप, भारतीय रुपैया २० लाखमा अनुबन्धित भएयता सामाजिक संजालमा उनको चर्चा चुलिएको छ। यसरि बधाई दिनेमा शिर्ष व्यक्ति देखि खेलाडीसम्म छन्।

यसैबीच नेपाली क्रिकेट टोलीका नियमित सदस्य शरद भेसवाकरले सामाजिक संजाल ट्वीटरमा सन्दिपसंगको भिडियो पोस्ट गरेका छन्। भिडियोमा शरदले सन्दिपसंग कुराकानी गर्दै उनलाई बधाई दिएका छन्। जवाफमा सन्दिपले पनि शरद तथा सम्पूर्णलाई धन्यवाद दिएका छन्। साथै सन्दिपले उनको आईपिएल टोलि दिल्ली डेएरडेभिल्सलाई पनि उनलाई बिश्वास गरेर अनुबन्धित गरेकोमा धन्यवाद भनेका छन्।

सन्दिप र शरद सहित नेपाली टिम आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ को तयारीको क्रममा युएईमा अभ्यास भ्रमणको लागि पुगेको छ।

आइतबार बैंगलोरमा सम्पन्न खेलाडी निलामीमा सन्दिपलाई दिल्ली डेएरडेभिल्सले बेस प्राईस २० लाखमा अनुबन्धित गरेको थियो। उनि आईपिएल क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडीपनि भएका छन्। यसअघि सन्दिप बंगलादेस प्रिमियर लिग र पाकिस्त्तानी सुपर लिगको ड्राफ्टमा अटाएपनि अनुबन्धित भने हुनसकेका थिएनन्।

हेर्नुहोस भिडियो

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy