आईपीएल छनौट भएपछि शरदले लिए सन्दिपको पहिलो अन्तर्वार्ता

  • विकेटनेपाल – १५ माघ, सोमवार

भारतको प्रसिद्ध टि-२० क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपिएल) मा दिल्ली डेएरडेभिल्सबाट खेल्ने मौका पाएपछि नेपाली शेन वार्न सन्दिप लामिछानेलाई बधाईको ओइरो लागेको छ। खेलाडी निलामीमा सन्दिप, भारतीय रुपैया २० लाखमा अनुबन्धित भएयता सामाजिक संजालमा उनको चर्चा चुलिएको छ। यसरि बधाई दिनेमा शिर्ष व्यक्ति देखि खेलाडीसम्म छन्।

यसैबीच नेपाली क्रिकेट टोलीका नियमित सदस्य शरद भेसवाकरले सामाजिक संजाल ट्वीटरमा सन्दिपसंगको भिडियो पोस्ट गरेका छन्। भिडियोमा शरदले सन्दिपसंग कुराकानी गर्दै उनलाई बधाई दिएका छन्। जवाफमा सन्दिपले पनि शरद तथा सम्पूर्णलाई धन्यवाद दिएका छन्। साथै सन्दिपले उनको आईपिएल टोलि दिल्ली डेएरडेभिल्सलाई पनि उनलाई बिश्वास गरेर अनुबन्धित गरेकोमा धन्यवाद भनेका छन्।

सन्दिप र शरद सहित नेपाली टिम आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ को तयारीको क्रममा युएईमा अभ्यास भ्रमणको लागि पुगेको छ।

आइतबार बैंगलोरमा सम्पन्न खेलाडी निलामीमा सन्दिपलाई दिल्ली डेएरडेभिल्सले बेस प्राईस २० लाखमा अनुबन्धित गरेको थियो। उनि आईपिएल क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडीपनि भएका छन्। यसअघि सन्दिप बंगलादेस प्रिमियर लिग र पाकिस्त्तानी सुपर लिगको ड्राफ्टमा अटाएपनि अनुबन्धित भने हुनसकेका थिएनन्।

हेर्नुहोस भिडियो





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]