हराएकी आमा खोज्न सहयोग गर्न राष्ट्रिय क्रिकेटर सरिता मगरको अनुरोध

महिला राष्ट्रिय क्रिकेटर सरिता मगरले आफ्नो आमा शनिवार देखि हराएको हुँदा खोजिमा सहयोग गर्न आग्रह गरेकि छिन्।

आफ्नो फेसबुकमा आमाको फोटो राख्दै सरिताले आमा शनिवार ११:३० बजे गोठाघर किरातचोक देखि हराउनु भएको र हराउदा पिंक रंगको शारी, ब्राउन ब्याग र रातो जुत्ता लगाउनु भएको खुलाएकि छिन्।

कसैले पनि आफ्नो आमालाई देख्नु भएमा सम्पर्क नम्बर 9849584781/9813812421 मा खबर गर्नु हुन उनले आग्रह गरेकि छिन्।

सन् २००८ मा नेपाली अन्डर-१९ टिम हुँदै २००९ मा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरकी सरिता त्यसपछि लगातार १ दशक नेपाली महिला टिमबाट खेल्दै आएकी छिन्। अफस्पिन बलिंग बलिंग तथा माथिल्लो क्रममा ब्याटिंग समेत गर्ने अल-राउण्डर मगरले इरान बिरुद्ध एसीसी वुमेन्स प्रिमियर लिगमा बनाएको ७२ रन नेपाली महिला क्रिकेटरले बनाएको व्यक्तिगत सर्वाधिक रन हो।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy