हराएकी आमा खोज्न सहयोग गर्न राष्ट्रिय क्रिकेटर सरिता मगरको अनुरोध

महिला राष्ट्रिय क्रिकेटर सरिता मगरले आफ्नो आमा शनिवार देखि हराएको हुँदा खोजिमा सहयोग गर्न आग्रह गरेकि छिन्।

आफ्नो फेसबुकमा आमाको फोटो राख्दै सरिताले आमा शनिवार ११:३० बजे गोठाघर किरातचोक देखि हराउनु भएको र हराउदा पिंक रंगको शारी, ब्राउन ब्याग र रातो जुत्ता लगाउनु भएको खुलाएकि छिन्।

कसैले पनि आफ्नो आमालाई देख्नु भएमा सम्पर्क नम्बर 9849584781/9813812421 मा खबर गर्नु हुन उनले आग्रह गरेकि छिन्।

सन् २००८ मा नेपाली अन्डर-१९ टिम हुँदै २००९ मा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरकी सरिता त्यसपछि लगातार १ दशक नेपाली महिला टिमबाट खेल्दै आएकी छिन्। अफस्पिन बलिंग बलिंग तथा माथिल्लो क्रममा ब्याटिंग समेत गर्ने अल-राउण्डर मगरले इरान बिरुद्ध एसीसी वुमेन्स प्रिमियर लिगमा बनाएको ७२ रन नेपाली महिला क्रिकेटरले बनाएको व्यक्तिगत सर्वाधिक रन हो।

 





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]