पाँचपोखरी : सार्थकको अलराउण्ड प्रदर्शनमा पाँचपोखरी क्रिकेट क्लब विजयी

पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको ब्यबस्थापनमा फागुन २७ गते शनिबारबाट सुरु भएको पाचौँ संस्करणको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको दोश्रो दिन ह्योल्मो ११ र पाँचपोखरी क्रिकेट क्लवले जित हासिल गरेका छन् ।

काठमाण्डौको मूलपानी अन्र्तराष्ट्रिय क्रिकेट रङ्गशालामा संचालित प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा टस जितेर बलिङ गरेको हेल्मो ११ ले क्रिकेट क्लब बाह्बिसे लाई ८ विकेटले पराजित गरेको हो । निर्धारीत २० ओभरमा बाह्विसेले दिएको ७२ रनको विजयी लक्ष्य उसले २ विकेटको क्षतिमा पुरा गर्यो। खेलको म्यान अफ दि म्याच हेल्मो ११ का फुर्वा शेर्पा घोषित भए उनले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिएर ५ विकेट लिएका थिए ।

यस्तै आजनै भएको दोश्रो खेलमा चौतारा सांगाचोकगढीलाई ५० रनले पराजित गर्दै पाँचपोखरी क्रिकेट क्लब विजयी भएको छ ।

टस जितेर ब्याटिङ गरेको उसले निर्धारीत ९ विकेटको क्षतिमा १४२ रनको चुनौतिपुर्ण लक्ष्य खडा गरेको थियो । १४३ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको चौतारा साँगाचोकगढी ९२ रनमा समेटिएको थियो । खेलको म्यान अफ दी म्याच पाँचपोखरी क्रिकेट क्लबका क्यापटेन सार्थक धिताल घोषित भए उनले १४ बलमा दुई छक्का र चार चौकाको मद्धतमा ३० रन बनाउनुका साथै दुई महत्वपुर्ण विकेट लिएका थिए ।

चैत ३ गते सम्म संचालन हुने प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका सात वटा टोलीको सहभागिता रहेकोछ ।

प्रतियोगिताको विजेताले रू ८० हजार र उपविजेताले रू ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताभरकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । साथै ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) ले यस प्रतियोगितामा सफलता हासिल गर्ने सर्वोत्कृष्ट खेलाडीलाई एकवर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने जनाएको छ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy