फेरी सर्यो एसिया कप

२०२१ एसिया कप क्रिकेट प्रतियोगिता पुनः एकपटक सरेको छ। भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशको यो वर्ष व्यस्त खेलतालिकाका कारण प्रतियोगिता सर्ने भएको छ।

यो वर्षको मध्यमा श्रीलंकामा आयोजना हुने गरि गत वर्ष प्रतियोगिता सार्ने निर्णय गरिएको थियो। तर अब प्रतियोगिता २ वर्ष पछि सन् २०२३ मा मात्र आयोजना हुने एसियन क्रिकेट काउन्सिलद्वारा आइतबार जारि गरेको प्रेस बिज्ञप्तिमा बताईएको छ।

पाकिस्तानमा आयोजना हुनु पर्ने २०२० एसिया कप भने २०२२ मा पाकिस्तानले आयोजना गर्न सक्ने सम्भावना छ। त्यो भएको खण्डमा आगामी २ वर्ष लगातार २ वटा एसिया कप आयोजना हुनेछ। एसीसीले प्रतियोगिता मिति केहि समयमा सार्वजनिक गर्ने बताएको छ।

प्रत्येक २ वर्षमा आयोजना हुँदै आएको एसिया कप क्रिकेट प्रतियोगिता अन्तिम पटक युएईमा सन् २०१८ मा आयोजना भएको थियो। त्यसपछि २०२० एसिया कपको लागि क्षेत्रीय छनोट प्रतियोगिता समाप्त भएता पनि कोरोना महामारीका कारण एसिया कप छनोट प्रतियोगिता पनि आयोजना हुन पाएको छैन।

गत वर्ष अगस्टमा हुनु पर्ने एसिया कप छनोट प्रतियोगतामा हंगकंग, कुवेत, सिंगापुर र युएई छनोट भएका थिए। नेपाल भने थाइल्याण्डमा गत वर्ष फेब्रुअरी/मार्चमा सम्पन्न एसीसीको पूर्वी क्षेत्र छनोट प्रतियोगितामा चौथो हुँदा छनोट प्रतियोगितामा छनोट हुन पनि असफल भएको थियो। सिंगापुर र हंगकंग पूर्वी क्षेत्रबाट छनोट भएका थिए भने नेपाललाई मलेसियाले समेत उछिनेको थियो।

यो पनि पढ्नुस 

https://wicketnepal.com/sl-vs-bng-1st-odi-5-23-news-wn21/

https://wicketnepal.com/cpl-sandeep-retain-bhayenan-wn21/

https://wicketnepal.com/ipl-baki-khel-sep-oct/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy