कीर्तिपुर क्रिकेट मैदानबाट सट्टेबाजी गरेको आशंकामा ५० जना पक्राउ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी गरेको आशंकामा ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार नेपाल र यूएईबीचको खेल जारी रहँदा दर्शकदीर्घामा बसेर सट्टेबाजी गरेको आशंकामा ५० जनालाई नियन्त्रणमा लिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।

सीआईबीका प्रवक्ता कमल थापाले शंकास्पद गतिविधि गरेको आशंकामा त्रिवि क्रिकेट मैदानबाट ५० जनालाई नियन्त्रणमा लिएको बताए ।

उनले भने, ‘गोप्यसूचनाका आधारमा केहीदिन अघिदेखि हामीले निगरानी गरिरहेका थियौं। सोही आधारमा उनीहरुलाई पक्राउ गरेको हो। अनुसन्धान भइरहेको छ।’

क्रिकइन्फो र टेलिभिजन प्रत्यक्ष प्रसारणमा कम्तिमा पनि ३ सेकेन्ड ढिला हुँदा उनीहरुले त्यसको फाइदा लिन मैदानमा नै बसेर बल टु बल एपको माध्यमबाट सट्टेबाजी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

ब्युरोका निर्देशक उत्तम सुवेदीले भने, ‘पक्राउ पर्ने धेरै छन् । संलग्नताबारे अनुसन्धान गरेर निर्दोष देखिएकालाई छाडिने छ ।’

पक्राउ पर्नेको साथबाट मोबाइल र नगद बरामद भएको प्रहरीले जनाएको छ । पहिलो खेलबाट नै शंकास्पद देखिएका अनुहारहरुलाई निगरानीमा राखिएको र आज शुक्रबार पक्रउ गरिएको प्रहरी श्रोतले जनाएको छ ।

( फोटो र समाचार साभार – प्रसाशन.कम )





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]