सौरभ खनाल पुरानो अवतारमा फर्किंदा, प्रदेश-५ को जित, अनिलको शतकले दिलाएन जित

प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताको पहिलो संस्करणमा सौरभ खनालले तहल्का मचाउने प्रदर्शन गरेका थिए। त्यस सिजन पश्चिमान्चल लागि खेल्ने क्रममा खनालले एपीएफसंग ९०*, मध्यमान्चलसंग ७८* तथा आर्मीसंग ८२ रनको इनिंग खेलेका खनालले विस्फोटक ब्याटिंग र जिम्मेवार इनिंग खेलेका थिए। त्यसबेला खनाललाई राष्ट्रिय टिमसम्म ल्याउनु पर्ने भन्दै थुप्रै फ्यान पनि खनालले बटुले। तर दुर्भाग्य खनालले नत राष्ट्रिय टिममा मौका दिईयो नत त्यसपछि उनले पहिलो प्रधानमन्त्री कपमा गरेको जस्तै प्रदर्शन दोहोर्याउन सके।

सोमबार प्रदेश-५ र गण्डकी प्रदेश बीचको खेलमा सौरभले पुनः ठुलो इनिंग खेल्दै प्रधानमन्त्री कपको पुरानो याद दिलाएका हुन्। खनालको इनिंग मदतले प्रदेश-५ ले रोमान्चक खेलमा गण्डकी प्रदेशलाई पराजित गर्न समेत सफल भयो।

खेलमा टस जितेर ब्याटिंग गर्दै गण्डकी प्रदेशले दिएको २३५ रनको लक्ष्य प्रदेश-५ ले १ बल मात्र बाँकी छदा पुरा गर्दै रोमान्चक जित निकाल्यो।

Province Number 5 Team

जितको बाबजुत प्रदेश-५ सेमीफाइनल पुग्न भने असफल रह्यो। समुह ‘ए’ बाट प्रदेश-३ र एपीएफ ४ खेलमा ३/३ जित हात पार्दै विजेता र उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरे। प्रदेश-५ ले ४ खेलमा २ जित र १ हार बेहोर्न पुग्यो भने सुदुरपश्चिमसंगको खेल नतिजाविहिन टुंगिएको थियो।

प्रतियोगिताको सेमीफाइनल खेल बुधबार देखि सुरु हुनेछ। पहिलो सेमीफाइनलमा बुधबार ( जेठ २२ ) समुह ‘ए’ विजेता प्रदेश-३ र समुह ‘बि’ उपविजेता त्रिभुवन आर्मी क्लबले तथा बिहिबार ( जेठ २३ ) हुने दोश्रो सेमीफाइनलमा समुह बि विजेता नेपाल पुलिस क्लबले समुह बि उप-विजेता शशस्त्र प्रहरी बलको सामना गर्नेछ।

अंकतालिका

लक्ष्य पछ्याउने क्रममा उत्कृस्ट इनिंग खेलेका सौरभले चौथो नम्बरमा ब्याटिंग गर्दै ९० रन बनाए जुन क्रममा ११२ बलमा १२ चौका प्रहार गर्दै धैर्यतापूर्ण ब्याटिंग गरे। यस्तै प्रनित थापाले ४५ तथा निश्चल चौधरीले ३३ रन बनाए।

टिमको योगफल ४४/२ हुँदा ब्याटिंग गर्न आएका सौरभले तेश्रो विकेटको लागि निश्चल चौधरीसंग ५५ रनको साझेदारी गरे। त्यसपछि प्रनित थापासंग चौथो विकेटको लागि ९२ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।

प्रदेश-५ को जित गण्डकीले सहज भने हुन दिएन। अन्तिम ओभरमा जितको लागि मात्र ३ रन आवस्यक हुँदा ओभरको तेश्रो र चौथो बलमा सौरभ र बिक्रम भुसाल लगातार आउट हुँदा टिमलाई हारको खतरा थियो। सौरभलाई दिपेश श्रेष्ठले क्याच आउट गराएका थिए भने बिक्रम रन आउट हुन पुगेका थिए। अन्तिम ओभरको पाँचौ बलमा जितेन्द्र सहानीले १ रन लिंदै टिमलाई जित दिलाएका थिए।

pranit thapa
Pranit Thapa ( File Photo )

गण्डकी प्रदेशको लागि बलिंगमा किशोर महतोले २ ( ९-०-६१-२ ) विकेट लिंदा बिशाल पौडेल, दिपेश श्रेष्ठ र गोभिन्द प्रधानले १/१ विकेट लिए।

अनिल गुरुङको शतक 

यस अघि टस जितेर पहिले ब्याटिंग गर्ने क्रममा गण्डकी प्रदेशका ओपनर अनिल गुरुङले शतक बनाएका थिए। ११५ रन बनाउने क्रममा अनिलले १५२ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरेका थिए।

जारि प्रतियोगितामा यो तेश्रो शतक हो। यस अघि ज्ञानेन्द्र मल्ल र अमित श्रेष्ठले शतक बनाएका थिए। मल्लले एपीएफ बिरुद्ध तथा अमितले प्रदेश-१ बिरुद्ध शतक बनाएका थिए।

Anil Gurung

गुरुङले शतक बनाए पनि एक किनारमा उनले ब्याटिंग गर्दा अर्को किनारमा भने लगातार विकेट गुमेको थियो। दिपेश श्रेष्ठ २८, गोभिन्द प्रधान २६, मेख बहादुर सेन २३, किशोर महतो २० रन बनाए आउट भए।

गण्डकीले ४९.२ ओभरमा २३४ रनमा सबै विकेट गुमाएको थियो।

प्रदेश-५ को लागि बलिंगमा देब्रे हाते स्पिनर अनिल खरेलले ५ विकेट ( ९.२-०-२८-५ ) तथा कृष्ण कार्की ( ९-०-५६-२ ) र बिक्रम भुसाल ( १०-०-५१-२ ) ले २/२ विकेट लिएका थिए। स्कोरकार्ड 

 





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]