टिपीएल : सौरभ खनालले विस्फोटक ब्याटिंग गर्दा बुटवलको सेमीफाइनल यात्रा

  • विकेटनेपाल, मङ्सिर-६ 

तिलोत्तमा क्रिकेट बिकास समिति रुपन्देहीको आयोजनामा शनिबार देखि जारी तिलोत्तमा प्रिमियर लिग क्रिकेट अन्तर्गत सेमीफाइनल समीकरण पुरा भएको छ।

लिग चरणको खेल सकिंदा समुह ‘ए’ बाट सबै ३ खेलमा जित हात पार्दै शंकरगर र २ खेलमा जित र १ खेलमा हार बेहोर्दै लुम्बिनी कासाई सेमीफाइनल प्रवेश गरेको छ। यस्तै समुह ‘बि’ बाट नेट रन रेटको आधारमा मणिग्राम किंग्स पहिलो स्थानमा र बुटवल डाइनामाइट्स दोश्रो स्थानमा समान २/२ जित र १/१ हार सहित सेमीफाइनल प्रवेश गर्यो।

प्रतियोगिताको शुक्रबार हुने सेमीफाइनल खेलहरुमा रोयल शंकरनगर र बुटवल डाइनामाइट्स तथा दोश्रो सेमीफाइनलमा मणिग्राम किंग्स र लुम्बिनी कासाईले प्रतिस्पर्धा गर्नेछन्।

लुम्बिनी कासाईको जितमा सन्दिप सुनार उत्कृस्ट    

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजीवन क्लवको खेल मैदानमा सम्पन्न बिहिबारको पहिलो खेलमा रोयल शंकरनगरले लुम्बिनी कासाईलाई ७१ रनले पराजित गर्यो।

पहिले ब्याटिंग गर्दै शंकरनगरले २० ओभरमा ७ विकेट गुमाएर १८६ रनको योगफल तयार गर्यो। यु-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका सन्दिप सुनारले ३३ बलमा ४ छक्का र ४ चौका मदतले ५४ रन बनाए। यस्तै राष्ट्रिय क्रिकेटर रोहित पौडेलले ३२ रन बनाउन २८ बलमा समान २/२ चौका-छक्का प्रहार गरे। सुशन भारिले २८ र नरेश चन्दले २४ रन बनाए।

लुम्बिनी कासाईको बलिङ्गमा भिम शार्कीले ३ विकेट ( ४-०-२३-३ ) लिए।

१८७ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा लुम्बिनी कासाईले १६ ओभरमा सबै विकेट गुमाएर ११४ रनमा सबै विकेट गुमाउन पुग्यो।

शंकरनगरका बलर रोहित पौडेल, सन्दिप सुनार, राहुल चौहान र बिशाल भुसालले समान २ विकेट लिए। कासाईको लागि कुशल मल्लले ३८ र भिम शार्कीले ३० रन बनाए पनि जित नजिक पनि टिमलाई पुर्याउन सकेनन्।

सन्दिप सुनार खेलको प्लेयर अफ द म्याच चुनिए।

सौरभ खनालको विस्फोटक ब्याटिंगमा बुटवलको जित  

बिहिबारको दोश्रो खेलमा बुटवल डाइनामाइटले मणिग्राम किंग्सलाई २२ रनले पराजित गर्यो।

पहिले ब्याटिंग गर्दै बुटवलले २० ओभरमा ४ विकेट गुमाएर १५८ रन बनायो। उसको लागि कप्तान सौरभ खनालले विस्फोटक ब्याटिंग गर्दै २४ बलमा ५४ रन बनाए जुन क्रममा ६ छक्का र २ चौका प्रहार गरे। यस्तै हरि चौहानले २५, भुवन पाण्डे र देभ खनालले समान १९ रन योगदान दिए। लाल बहादुर अधिकारीले मणिग्रामको लागि २ विकेट लिए।

Saurav Khanal ( File Photo )

१५९ रनको लक्ष्य पछ्याउने क्रममा मणिग्रामले २० ओभर ब्याटिंग गरे पनि ८ विकेट गुमाएर १३५ रन मात्रै बनाउन सक्यो। कृष्ण कार्कीले सर्वाधिक ३९ तथा राहुल लोहारले २१ रन योगदान दिए भने बलिङ्गमा विकास श्रेष्ठ र सौरभ खनालले २/२ विकेट लिए।

सौरभ खनाल खेलको प्लेयर अफ द म्याच चुनिए।

प्रतियोगिताको बिजेताले नगद ३ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले १ लाख ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। नुसी वारियर्स, बुटवल डाइनामाइट, मणिग्राम किंग्स, रोयल च्यालेंजर्स भैरहवा, ज्ञानोदय गोल्ड्स, लुम्बिनी कसाई ग्ल्याडीएटर्स, रोयल शंकरनगर र एसआर एनएससीए टाइगर्स लिगमा सहभागी हुने टोलिहरु हुन्।

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]