सौरभ किन परेनन्, कसरि अटाए नरेश ? छनौटबारे प्रशिक्षक टमाटाको जवाफ

Saurav Khanal
  • विकेटनेपाल, भदौ २१ 

हंगकंगसंग अक्टोबर १३ र १५ तारिकमा खेलिने आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको महत्वपूर्ण खेलको लागि दोश्रो चरणमा १८ जना खेलाडीको छनौट गरिएको छ । १८ बाट सेप्टेम्बर महिनाको तेश्रो हफ्ता प्रस्तावित भारत भ्रमणपछि अन्तिम १४ जनाको टिम छनौट गरिनेछ ।

अन्तिम १८ जनाको टिममा नरेश बुढायर, जितेन्द्र मुखिया, करण केसीले कमब्याक गरेका छन् । यस्तै शक्ति गौचनको अनुपस्थितिमा देब्रे हाते स्पिनर सुशन भारि, सुशील कंडेल, आरिफ शेखले अन्तिम १८ मा नाम लेखाएका छन् ।

मार्चमा बंगलादेशमा सम्पन्न एसीसी इमर्जिंग टिम्स एसिया कपमा घुंडाको चोटले स्थान बनाउन नसकेका देब्रेहाते तिब्रगति बलर ललित सिंह भण्डारीले पनि टिममा छन् । उक्त प्रतियोगितामा वैकल्पिक सुचीमा रहेका अलराउण्डर कुशल भुर्तेलले पनि अन्तिम १८मा मौका पाएका छन् ।

नेपाली टिमको छनौट कप्तान पारस खड्का, प्रशिक्षक जगत टमाटाले गरेका हुन् ।

किन परेनन् सौरभ खनाल ? 

जेठमा भएको प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताको ४ खेलमा २७० रन बनाउदै प्रतियोगिताको सर्बाधिक रन बनाउने तथा उत्कृस्ट ब्याट्सम्यान घोषित सौरभ खनालले नेपाली टिममा स्थान बनाउने आंकलन धेरैले गरेका थिए ।

पश्चिमाञ्चलको प्रतिनिधित्व गर्दै टिमलाई सेमीफाइनलमा पुर्याएका सौरभले त्रिभुवन आर्मी क्लब बिरुद्ध सेमीफाइनलमा ८२ रनको उत्कृस्ट इनिंग खेलेका थिए l त्यसक्रममा उनले ८ छक्का र २ चौका प्रहार गर्दै सोमपाल कामि, जितेन्द्र मुखिया, सागर पुन, शाहब आलम र सुशन भारि जस्तो बलरहरुले भरिएको आर्मी टिमलाई निराश बनाएका थिए l हारका बाबजुत खनालको ब्याटिंग प्रतीयोगीताकै आकर्षण बनेको थियो ।

सौरभ खनाल अन्तिम १८ मा पर्न असफल भए

त्यति मात्रै हैन खनालले एपीएफबिरुद्ध ९० रन ( ११ छक्का, ३ चौका ) प्रहार गर्नेक्रममा एपीएफ बलर अविनाश बोहराको एकै ओभरमा ५ छक्का प्रहार गरेका थिए । यस्तै  मध्यमाञ्चलबिरुद्ध ७८ रन ( ५८ बल, ६ छक्का , ३ चौका ) प्रहार गरेका उनि नेपाली टिममा किन परेनन् भन्ने जिज्ञाशा धेरैले राखेका छन् ।

यसो भन्छन् प्रशिक्षक जगत टमाटा 

रास्ट्रिय क्रिकेट टिम प्रशिक्षक जगत टमाटाले सौरभ खनालले बन्दसत्रमा आफुलाई प्रमाणित गर्न चुकेको बताएका छन् l सौरभ खनाल नपरेको बारे विकेटनेपालसंग कुरा गर्दै टमाटाले यसो भने-

“सौरभ जस्तो खेलाडीलाई रास्ट्रिय टिममा परोस् भन्ने चाहना सबैको थियो तर बन्दसत्रमा खेलिएको सबै अभ्यास खेलमा खनालले राम्रो प्रदर्शन गर्न सकेनन्”

खनालको फिटनेस र फिल्डिंगमा समेत स्तरीय प्रमाणित गर्न नसकेको टमाटाले बताएका छन् ।

टिमको छनौट कप्तान पारस खड्का, प्रशिक्षक जगत टमाटाले गरेका हुन् ।

कुशल भुर्तेलसंग थियो प्रतिस्पर्धा 

अन्तिम १८ जनामा अलराउण्डर कुशल भुर्तेलले स्थान बनाउन सफल भएका छन् । घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबको प्रतिनिधित्व गर्ने भुर्तेल २०१६ यु-१९ बिश्वकपमा मुख्य बलरको रुपमा नेपाली टिममा रहेका थिए ।

कुशल भुर्तेल

१८ जनाको टिम चयन गर्दा सौरभ खनाल र कुशल भुर्तेल बीच प्रतिस्पर्धा थियो जसमा भुर्तेलले छनौट समितिलाई बढी प्रभावित बनाएका हुन् l प्रशिक्षक टमाटाका अनुसार भुर्तेलले तल्लो क्रममा राम्रो ब्याटिंग गर्नुको साथसाथै बलिंगमा समेत योगदान दिनसक्छन् l उनका अनुसार बुर्तेल नेपाली टिमको सबैभन्दा राम्रो फिल्डर हुन् –

“उनि हाल नेपालको सबैभन्दा राम्रो फिल्डर र फिट मध्येका खेलाडी हुन्, तल्लो क्रममा रन बनाउने क्षमता राख्छन् भने बलिंगमा समेत योगदान दिन सक्छन् ।”

“भुर्तेलले तल्लो क्रममा २०-३० रन योगदान दिन सक्छन् भने फिल्डिंग मार्फत पनि १-२ जना खेलाडी आउट गर्न सक्छन्” टमाटाले विकेटनेपाललाई बताए ।

नरेश बुढायर कसरि टिममा ? 

लगातार फ्लप हुने गरेका नरेश बुढायर अन्तिम १८ जनाको टिममा अटाएका छन् । नेपाली टिमको लागि ओपनिंग अप्सनको रुपमा नरेश टिममा अघि छन् । १८ जनाको टिममा ज्ञानेन्द्र मल्लसंग ओपनिंग गर्न नरेश र सागर पुन मध्ये १ जना ब्याट्सम्यानको चयन हुने लगभग निश्चित छ ।

नरेशले बन्दसत्रमा राम्रो प्रदर्शन गरेको र ओपनिंग अप्सनको रुपमा रहेको प्रशिक्षक टमाटा स्वीकार गर्छन्-

“सुनिल धमलालाई मौका दिएको हो तर उनले आफुलाई प्रमाणित गर्न सकेनन्। ओपनिंगमा नरेश बुढायर र सागर पुन पनि अप्सन छ l अझै पनि ओपनिंगमा प्रयोग गरिरहेका छौँ, भारत भ्रमणको प्रदर्शनले यसको अन्तिम निर्णय गर्नेछौ”

“दिलिप नाथ पनि राम्रो अप्सन थिए तर उनि ढाडको समस्याको कारण खेल्न नसक्ने थिए l त्यसैले हामिसंग बिकल्प थिएन” उनले बताए ।

जितेन्द्र मुखिया

कमब्याक गर्लान् मुखियाले ? 

२०१४ टि-२० बिश्वकपमा उत्कृस्ट बलिंग गर्दै चर्चा कमाएका योर्कर किंग जितेन्द्र मुखिया त्यसपछि नेपाली टिममा पर्न जुझ्दै आएका छन् । घाइते भएका कारण लगातार टिममा पर्न असफल तिब्र गति बलर मुखिया पुनः अन्तिम १८ मा अटाएका छन् ।

“जितेन्द्र फिट छन् र मेहनत गरिरहेका छन्, उनले आफुलाई अझ सुधार समेत गरेका छन्”

प्रधानमन्त्री कपमा मुखियाले फाइनल खेलमा नेपाल पुलिस क्लबसंग ४ विकेट हात पारेका थिए भने समुह चरणमा सुदूरपश्चिमान्चलसंग ६ विकेट हात पारेका थिए । प्रतियोगिताको ४ खेलमा उनले १२ विकेट हात पारेका थिए ।

भारत भ्रमणले तय गर्नेछ टिम 

नेपाली टिमको अन्तिम छनौट अघि नेपाली टिम सेप्टेम्बर तेश्रो साता भारत भ्रमण गर्नेछ जुन क्रममा टिमले स्तरीय टिमहरुसंग अभ्यास खेल खेल्ने टमाटाले बताएका छन् । आईसीसीसंग यसपालि भारतको चेन्नाई भ्रमणको लागि प्रस्ताब पठाईएको उनले बताएका छन् l आईसीसीको अनुमतिको भने टिम पर्खाइमा रहेको छ ।

“भारतमा स्तरीय टिमसंग अभ्यास खेलहरु खेलेपछि मात्रै टिम कस्तो हुने निर्णय गर्नेछौ”

शक्ति गौचनको सट्टा को ? 

घोषित अन्तिम १८ जनाको टिममा स्पिनरहरु बसन्त रेग्मी, सुशील कंडेल, सुशन भारि, सन्दिप लामिछाने, सागर पुन छनौट भएका छन् । यस मध्ये पनि शक्ति गौचन हंगकंग नजाने भएपछि देब्रे हाते स्पिनरको अप्सनमा सुशील कंडेल र सुशन भारि मध्ये १ जना अन्तिम १४ मा पर्न सक्ने सम्भावना प्रबल रहेको छ ।

सुशन भारीले शक्ति गौचनको ठाउँ लिन सक्लान ?

सुशील कंडेलले धनगढी प्रिमियर लिगमा सबैभन्दा धेरै विकेट ( १७ )  लिएका थिए भने सुशन भारी प्रधानमन्त्री कपमा सर्बाधिक विकेट ( १४ ) लिने खेलाडी थिए ।

भारि अन्तिम पटक एसीसी इमर्जिंग टिम्स कपमा नेपाली टिममा थिए जुन प्रतियोगितामा पाकिस्तानसंग डेब्यु गरेका थिए । उक्त प्रतियोगितामा हंगकंगसंग नेपाल बिजयी हुँदा भारिले २ विकेट लिएका थिए ।

नेपाली टिम 

  • पारस खड्का  ( कप्तान ) , ज्ञानेन्द्र मल्ल  ( उपकप्तान ),  शरद भेसावकर, बसन्त रेग्मी, मेहबुब आलम, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, जितेन्द्र मुखिया, सुशील कँडेल, कुशल भुर्तेल, ललित भण्डारी, सुशन भारी, नरेश बुढाएर, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने

 





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]