नेपालगन्जमा जेएमसी विद्यालय स्तरीय टि–२० क्रिकेट हुदैँ

  • विकेटनेपाल-मङ्सिर १३ बिहिबार

बाँकेको नेपालगन्जमा जेएमसी नेपाल टाइगर इन्टर स्कुल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ।

मङ्सिर २१ गतेबाट सुरुहुने प्रतियोगिताको आयोजना नेपाल टाईगर स्पोर्टस् क्लवले गर्न लागेको हो। विहिवार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईए अनुसार, प्रतियोगितामा जिल्लाका १६ विद्यालयको सहभागिता रहनेछ।

टि-२० फर्म्याटमा खेलाइने प्रतियोगिताको विजेता बिद्यालयले रु. ३० हजार रुपैयाँ प्राप्त गर्नेछ। यस्तै प्रतियोगिताको  उप विजेता टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताको संयोजक मोहम्मद अव्रारार शेषले जानकारी दिए।

यस्तै प्रतियोगितामा बिभिन्न विधामा उत्कृस्ट हुने खेलाडीले समेत आकर्षक पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको म्यान अफ द म्याच, म्यान अफ द सिरिज, वेष्ट बलर र वेष्ट ब्याटस्म्यानले बिभिन्न पुरष्कार पाउने आयोजकका सदस्य शिद्धान्तराज शाहीले जानकारी दिए ।

प्रतियोगिता आयोजना गर्न करिव ३ लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ। यस किसिमको प्रतियोगिताले भविष्यमा खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास लिईएको आयोजकका सदस्य इनामुद्धिन हल्वाईले जानकारी दिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy