नेपालगन्जमा जेएमसी विद्यालय स्तरीय टि–२० क्रिकेट हुदैँ

  • विकेटनेपाल-मङ्सिर १३ बिहिबार

बाँकेको नेपालगन्जमा जेएमसी नेपाल टाइगर इन्टर स्कुल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ।

मङ्सिर २१ गतेबाट सुरुहुने प्रतियोगिताको आयोजना नेपाल टाईगर स्पोर्टस् क्लवले गर्न लागेको हो। विहिवार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईए अनुसार, प्रतियोगितामा जिल्लाका १६ विद्यालयको सहभागिता रहनेछ।

टि-२० फर्म्याटमा खेलाइने प्रतियोगिताको विजेता बिद्यालयले रु. ३० हजार रुपैयाँ प्राप्त गर्नेछ। यस्तै प्रतियोगिताको  उप विजेता टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताको संयोजक मोहम्मद अव्रारार शेषले जानकारी दिए।

यस्तै प्रतियोगितामा बिभिन्न विधामा उत्कृस्ट हुने खेलाडीले समेत आकर्षक पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको म्यान अफ द म्याच, म्यान अफ द सिरिज, वेष्ट बलर र वेष्ट ब्याटस्म्यानले बिभिन्न पुरष्कार पाउने आयोजकका सदस्य शिद्धान्तराज शाहीले जानकारी दिए ।

प्रतियोगिता आयोजना गर्न करिव ३ लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ। यस किसिमको प्रतियोगिताले भविष्यमा खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास लिईएको आयोजकका सदस्य इनामुद्धिन हल्वाईले जानकारी दिए।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]